नेपालगन्ज ११ भदौः खजुरा गाउँपालिकामा मानव वेचविखन नियन्त्रणका लागि भएका विभिन्न गतिविधि तथा कार्यहरु सार्वजनिक गर्दै आगामी दिनमा यसलाई प्रभावकारी बनाउन सुझाव लिइएको छ ।
शुक्रबार खजुरामा अयोजित कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले खजुराले पालिकास्तरीय र वडास्तरीय समिति निर्माण गरिएको, कार्यविधि निर्माण भएर पास भई कार्यान्वयनमा रहेको, कार्ययोजना निर्माण भई कार्यान्वयनमा रहेकोे, दिवस तथा उत्सवहरुमा अभियान सञ्चालन गर्ने गरिएको तथ्यांक संकलन पीडित तथा प्रभावितहरुको अभिलेखिकरण, पालिकामा भएका मनोरञ्जन क्षेत्रका तथ्यांकका लागि शुरुमा सूचिकृतका लागि पहल, बैदेशिक रोजगारमा जाने युवालाई २ दिने तालिम दिइएको जानकारी दिइन ।
उनले दीर्घकालीनरुपमा नियन्त्रणका लागि सरोकारवाला निकाय सक्रिय हुनु पर्नेमा जोड दिँदै विभिन्न शाखाहरुले सीपमुलक तालिममार्फत रोजगारी सिर्जना गर्दै आएको बताइन । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले मानव वेचविखन नियन्त्रणका लागि नीतिगत रुपमै आवधिक र वार्षिक योजना तय गरेर जानु पर्नेमा जोड दिए ।
महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले मानव वेचविखनविरुद्ध सरोकारवाला निकाय समन्वय गरेर जानु पर्ने बताइन । ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी नायव निरीक्षक पुष्करराज जोशीले २ वर्षको अवधीमा खजुराका २ जना किशोरीको उद्दार गरिएको जानकारी दिँदै बेचविखन ठूलो रोग भएकाले निवारणमा मानवीय धर्म सोचेर लाग्नु पर्ने बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य योगमाया खनाल, विज्ञ समूहका सदस्य भक्तबहादुर केसी, पूर्णचन्द्र उपाध्याय, वडा नम्बर–३ का महिला सदस्य देउमाया थापा, किशोरी क्लव संजाल खजुराकी अध्यक्ष चेतना क्षेत्री, बाल क्लव सञ्जाल खजुराकी अध्यक्ष मञ्जु थापालगायतले नीति बनाएर दीर्घकालीनरुपमा समाधानका उपाय खोजेर अगाडि बढ्न विभिन्न सुझाव पेश गरेका थिए ।
मानव बेचबिखन ओसारपसार नियन्त्रण स्थानीय समिति खजुरा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा माइती नेपालगन्जका संयोजक केशव कोइराला र वीनरक इन्टरनेशनलका फिल्ड संयोजक कमला पन्तले सहजीकरण गर्दै खजुराले मानव वेचविखन नियन्त्रणमा गरिएका प्रयासमा आफुहरुको सहकार्य रहने जानकारी दिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी