नेपालगन्ज १२ भदौ : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ ।
अध्यक्ष यादवको गएराती १ बजेतिर नेपालगन्जको नर्सिङहोममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिइन् । शरीरमा रक्तचापको मात्रा कम भएपछि अध्यक्ष यादवलाई शुक्रबार साँझ ६ बजे नर्सिङहोममा उपचारका लागि लगिएको थियो ।
६२ वर्षीय यादवको उपचार कै क्रममा मृत्यु भएको उपाध्यक्ष धितालले बताइन् । अध्यक्ष यादवको शव शनिबार बिहानै घर ल्याइएको थियो । उनको आजै (शनिबार) दिउँसो २ बजे उनकै घर नजिकैको जग्गामा दाहसंस्कार गरिएको छ । अध्यक्ष यादवको दाहसंस्कार अघि उनको घरमा अन्तिम श्रद्धाञ्जली सभा गरिएको थियो । यादवको पार्थिव शरिरमा नेकपा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक र गाउँपलिका कर्मचारी लगायतले श्रद्धाञ्जली दिएका थिए ।
यादवले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट चुनाव जितेका थिए । यादव नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत हुन् । उनका एक श्रीमती, दुई छोरा र तीनजना छोरी छन् ।
अध्यक्ष यादवको शोकमा डुवेको गाउँपालिका भोली आईतबार बन्द गरिएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही