बाँके (कुसुम) १२ भदौ : नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनका लागि तल्लो तहमा रहेका समितिले सभा तथा अधिबेशन शुरु गरेका छन् ।
यसैक्रममा नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर– १ गाउँ कार्यसमिति कुसुमले आफ्नो चौथो गाउँ सभा गरेको छ ।
गाउँ कार्यसमितिका सभापति टिकाराम बस्नेतको सभापतिमा भएको सभामा प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय यातायात विभाग सदस्य यमबहादुर खड्का, काँग्रेस बाँकेका जिल्ला सदस्य तथा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारू, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, काँग्रेस क्षेत्रीय सदस्यद्वय हेमकुमार डाँगी र दीपक डाँगी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, काँग्रेस नेता कृष्णप्रसाद पौडेल, तेजबहादुर सुवेदी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, नेपाल शिक्षक संघ बाँकेका पुर्ब जिल्ला अध्यक्ष रुद्रबहादुर ओली, कृयाशिल सदस्यहरु भरत खड्का, चिरञ्जीवी केसी, काँग्रेस नेतृहरु चन्दा लामा, टीका बुढाथोकी लगायतले बोलेका थिए ।
इकाई सचिव मोहनराज डाँगीले सञ्चालन गरेको उक्त सभामा गाउँ वडा इकाई उपसभापति कमल कार्कीले स्वागत मन्तब्य दिएका थिए । सभामा बोल्ने वक्ताले काँग्रेसलाई एक ढिक्का बनाउन गुटगत राजनीति त्याग्नुपर्ने सुझाव दिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही