फाईल तस्विर
नेपालगन्ज :बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज नजिकै यात्रुबहाक बससँग टिपर ठोक्किदा ५ जना घाइते भएका छन् । काठमाडौंबाट कोहलपुरतर्फ आइरहेको रात्रीबससँग तिव्र गतीमा रहेको टिपर शनिबार बिहान ठोक्किएको हो ।
सो दुर्घटनामा परेर ५ जना यात्रुहरु घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । भे १ च २८९२ नम्बरको टिपरले आफ्नै लेनमा रहेको ना ६ ख १३४० नम्बरको बसलाई अगाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा बसमा सवार ३ जना र टिपरमा सवार २ जना गरी ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कोहलपुरमा उपचार भइरहेको छ । पछिल्लो समयमा जिल्लामा तिव्र गतीमा चलाउने टिपरका कारण दुर्घटना बढिरहेका छन् । ट्राफिक नियम कार्यान्वयनको जिम्मा पाएको ट्राफिक प्रहरी भने मुकदर्शक बनिरहेको छ ।
बाँके ट्राफिक प्रहरीलाई मासिक रुपमा हजारौ रुपैया घुस बाफत बुझाउनुपर्ने भुक्तभोगीहरु बताउछन् । स्थानीयबासी तिव्र गतीमा चल्ने टिपरहरुलाई ट्राफिक प्रहरी बाँकेले संरक्षण दिदा दुर्घटना बढिरहेको बताउछन् ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश