नेपालगन्ज १९ भदौ : बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले क्यासिनो खोल्न पाइने बताए पनि बाँकेका एसपी श्याम कृष्ण अधिकारीले क्यासिनो खोल्न नपाइने भन्दै रोक लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले ‘स्मार्ट लकडाउन’को अवधारणा अवलम्बन गर्दै बाँकेका क्यासिनो, सिनेमा हल, विद्यालय खोल्न अनुमति दिएपछि क्यासिनो र सिनेमा घर सञ्चालनमा ल्याउन लागिएको थियो ।
सिडिओ गेलालको निर्देशनपछि लकडाउनले लामो समयदेखि बन्द रहेका सिनेमा हल, विद्यालय लगायतका संस्था खुलिरहेका बेला खुल्न तम्तयार क्यासिनोमाथि बाँकेका एसपी अधिकारीले नखोल्न निर्देशन दिएका छन् ।
सिडिओ गेलालले कोरोनाले लामो समयदेखि बन्द रहेका क्यासिनो पनि स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न पाउने बताएपछि बाँकेका क्यासिनोहरुले खोल्ने तयारी गरेका थिए । तर बाँकेका एसपी अधिकारीले क्यासिनो संचालकहरुलाई फोन गरेर अहिले क्यासिनो नखोल्न भनेपछि उनीहरु अन्यौलमा परेका छन् ।
बाँकेका सिडिओ गेलालले दुई दिन अघि सेतोखरीसंग कुरा गर्दै भनेका थिए–‘बाँकेमा सिनेमा घर, क्यासिनो, फन पार्क लगायत सबै खोल्न अनुमति दिइएकोछ । तर, स्वास्थ्य सम्बन्धिको पोर्टकल पूर्णरुपमा पालना गर्नु पर्ने हुन्छ ।’
सिडिओले क्यासिनो खोल्न पाइने भनेपछि र एसपीले फोन गरेर क्यासिनो खोल्न नपाइने भनेपछि क्यासिनो संचालकहरु अन्यौलमा परेका छन् । ‘सिडिओले खोल्न अनुमति दिएका सबै खुलिसके, विद्यालय, सिनेमा हल पनि खुलिसके त्यहाँ त कसैलेले रोक लगाएन, कम भिड हुने क्यासिनामा प्रहरी झन किन नखोल भन्यो बुझ्नै सकिएन, हामी पनि त लकडाउनको मारमा परेका छौं ।’ एक क्यासिनोका म्यानेजरले भने ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले सिडिओले खुला गर्न भनेपनि एसपी सावले फोन गरेर क्यासिनो नखोल्न भनेको बताए । उनले बाहिर तिर क्यासिनो नखुलिसकेकाले हेडक्वाटरबाट निर्देशन आएपछि एकै साथ खुलुन भन्ने उद्देश्यले एसपी सावले त्यसो भनेको सेतोखरीलाई बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही