पत्रकारिता व्यवसायीक हुन सकेनः उपमेयर थापा


पत्रकारिता व्यवसायीक हुन सकेनः उपमेयर थापा

नेपालगन्ज १९ भदौ : पत्रकारिता क्षेत्र अझै पनि व्यवसायीक हुन नसकेको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगरले बताएकीछन् ।

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेको आयोजनामा तीजको अवसरमा शनिबार नेपालगन्जमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपमेयर थापाले यस्तो बताएकी हुन् । उनले पत्रकारिताले मात्रै घर व्यबहार चलाउन नसक्ने भएपछि यस क्षेत्रबाट पलायन हुने अवस्था सिर्जना भएको बताईन् ।

‘पत्रकारिता क्षेत्र व्यवसायीक भएको भए त्यो क्षेत्र छोडेर म पनि यता आउने थिएन’ उनले आफ्नो विगतलाई सम्झदै अगाडी थपिन् ‘हामीले जती ठूलो कुरा गरेपनि पत्रकार आर्थिक रुपमा अझै सबल हुनसकेको अवस्था छैन । त्यसमाथि महिला पत्रकारको अवस्था झन् दयनीय छ ।’

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसी न्याय क्षेत्रमा प्रवेश गर्नुको कारण पनि पत्रकारिता व्यवसायीक नहुनुको कारण मान्न सकिने उनको तर्क छ । रुचि हुँदाहुदै पनि अन्य क्षेत्रमा लाग्नु पत्रकारहरुका लागि बाध्यता बनेको उनले दुःखेसो पोखिन् ।

Kanti Aarogya Hospital Nepalgunj

सोही कार्यक्रममा सरकारी क्षेत्रमा प्रवेश गरेकी अध्यक्ष केसीलाई उज्वल भविष्यको कामना गर्दै सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रले नै आफूलाई न्याय क्षेत्रमा पाइला राख्नका लागि सहयोग पु¥याएको केसीले बताइन् । न्याय क्षेत्रमा प्रवेश गरेको भएपनि पत्रकारिता क्षेत्रलाई सधै सहयोग गर्ने उनको भनाई छ ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अछरी पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रिय परीषद् सदस्य शंकर खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश सदस्य आरीफ अन्सारी, प्रदेश परीषद् सदस्य निशा शाह, नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष एवम ठकुरी पत्रकार समाजकी अध्यक्ष करुणा शाह, सञ्चारिका बाँकेकी अध्यक्ष रुपा गहतराज, जनजाती पत्रकार महासंघका उपाध्यक्ष विमला चौधरी लगायतले केसीको उज्वल भविष्यको कामना गर्दै पत्रकारिता क्षेत्रलाई संधै सहयोग गर्न आग्रह गरे । न्याय क्षेत्रमा देखिएका समस्यालाई लेखहरु मार्फत बाहिर ल्याउन उनीहरुको सुझाव छ ।

यसैविच, सरकारी सेवामा प्रवेश गरेसंगै क्रियाशिल पत्रकार महिला बाँकेकी अध्यक्ष अमृता केसीले उपाध्यक्ष सावित्री गरीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी सुम्पिएकीछिन् । जिम्मेवारी पाएल गत्तै कार्यवहाक अध्यक्ष गीरीले बाँकेका क्रियाशिल महिलाहरुका लागि नयाँ कार्यक्रम लिएर अघि बढ्ने बताइन् ।