नेपालगन्ज: अख्तियारले पछिल्ला दिन बाँकेका सरकारी कार्यालयमा निगरानी बढाएको छ । निगरानी बढाएसगैं सरकारी कार्यालयभित्र हुने आर्थिक चलखेल नियन्त्रणमा समेतका अख्तियार सक्रिय भएकोछ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जले शनिबार घुस सहित एकजनालाई पक्राउ गरेकोछ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासमा कार्यरत टाइपिष्ट नायब सुब्बा कुमार पाठकलाई नगद तीन लाख घुस रकम सहित अख्तियारले आफ्नो नियन्त्रणमा लिएको हो ।
शनिबार बेलुका पाठकलाई नेपालगन्जस्थित चारबाहिनी चोक नजिकै रहेको श्री लयर्स चेम्बरबाट पाठकलाई नियन्त्रणमा लिइएको हो । पाठकले अदालतमा विचारधीन मुद्दामा सहजिकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार शनिबार साँझ घुस लिँदै गरेको सूचना पाएपछि अख्तियारको टोली परिचालन गरिएको थियो ।
पक्राउ परेका नायब सुब्बा पाठकले सेवाग्राहीसंग तीन लाख रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको छ । प्रमुख गैरेले भने–‘घुस लेनदेन गरिरहेको अवस्थामा नेपालगन्जस्थित चारबाहिनी चोक नजिकै रहेको श्री लयर्स चेम्बरबाट पाठकलाई नियन्त्रणमा लिइएको हो ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश