जानकी (बाँके) २२ भदौ : निजामती कर्मचारी सेवा दिवसको उपलक्ष्यमा बाँकेको जानकी गाउँपालिकाले आज वृक्षारोपण गरिएकोछ ।
गाउँपालिकाको निर्माणाधिन प्रशासनीक भवनको प्राङ्गणमा वृक्षरोपण गरिएको हो । गाउँपालिका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले एक समारोहकाबीच वृक्षारोपण कार्यक्रमको शुरुवात गरिन् ।
गाउँपालिकाको प्रशासनीक भवनलाई हरियाली बनाउन निजामती कर्मचारीसेवा दिवसको अवसर पारेर वृक्षारोपण गरिएको बताउँदै कार्यबाहक अध्यक्ष धितालले विरुवाको संरक्षणमा ध्यान दिन समेत आग्रह गरिन् ।
दिवसको अवसर पारेर गाउँपालिका प्रशासनीक भवनको प्राङगण र इन्द्रपुर स्वास्थ्य चौकीको प्राङगणमा गुलमोहर, श्रीस, मसला लगायतका जातको करिब सय थान विरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उनका अनुसार, वृक्षरोपण कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ मङ्गलबार देशभरिका निजामती कर्मचारीले विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाएका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही