आगामी मंसिरमा नरैनापुरलाई साक्षर घोषणा गरिने

उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित


आगामी मंसिरमा नरैनापुरलाई साक्षर घोषणा गरिने

नेपालगन्ज २३ भदौ : बाँकेको नरैनापुर गाउँपालिकालाई आगामी मंसिर मसान्तसम्म साक्षर गाउँपालिका घोषणा गरिने भएकोछ ।

नरैनापुर शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा ५५ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा बुधबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अध्यक्ष दलबहादुर बस्नेतले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने–‘आगामी मंसिर मसान्तसम्म नरैनापुरलाई साक्षर गाउँपालिका घोषणा गर्नेगरि साक्षर अभियान सञ्चालन भइरहेकोछ ।’ उनले अगाडी थपे–‘यसका लागि हरेक विद्यालयलाई आफ्नो कार्यक्षेत्रका निरक्षर व्यक्तिको पहिचान गरि साक्षर बनाउन जिम्मेवारी दिइएको छ । र, सोही अनुरुप अभियान अघि बढिरहेको छ ।’

दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका ४ विद्यालयलाई पुरस्कृत गरिएकोछ । भने दिवसकै अवसरमा नरैनापुर गाउँपालिकाका प्रध्यानाध्यापक, शिक्षक र कर्मचारीलाई समेत पुरस्कृत गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

नरैनापुर गाउँपालिकाका माध्यमिक विद्यालयतर्फ श्री जयकिसान मावि भोजपुर, आधारभूत विद्यालयतर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनी र नमुना प्राथमिक विद्यालय मोतिपुर तथा सोनवर्षाको मदरसा गरि ४ वटा विद्यालय उत्कृष्ट विद्यालय घोषित भएकाछन् ।

उत्कृष्ट विद्यालयहरुले २० हजार, उत्कृष्ट प्रध्यानाध्यापक, शिक्षक र कर्मचारीलाई नगद ५ हजारका दरले पुरस्कार प्रदान गरिएकोछ ।

यस्तै दिवसकै अवसरमा विद्यालय कार्यक्षेत्रका साक्षर तथा जानकारले एक जना साक्षर बनाए बापत प्रतिब्यक्ति २ सय रुपैयाँ प्रोत्साहन शुल्क सम्बन्धित विद्यालय, शिक्षक र कर्मचारीहरुलाई समेत प्रदान गरिएको छ ।

गाउँपालिकाका कार्यबहाक अध्यक्ष मसुद अहमद शाह, विशिष्ट अतिथि जयकिसान माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष वृजेन्द्र कुमार यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेत र शिक्षा शाखा प्रमुख थारुले उत्कृष्ट विद्यालय, शिक्षक तथा कर्मचारीलाई दोसल्ला ओढाएर प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।