जानकी (बाँके) २४ भदौ : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको १३ औं दिनको पूण्यतिथिमा आज गाउँपालिकामा श्रद्धाञ्जली सभा गरिएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले अध्यक्ष यादवको निधनले गाउँपालिकाले अभिभावक गुमाउनु परेको बताइन् ।
गाउँपालिकाका संस्थापक अध्यक्षको रुपमा यादवले स्राहनिय कार्य गरेको स्मरण गर्दै उपाध्यक्ष धितालले जनप्रिय नेता यादवको योजना र सपनालाई पूरा गर्न आगामी दिनमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी एकजुट भएर लाग्नु पर्नेमा जोड दिइन ।
प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गाउँपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा जनमुखी कामहरु गर्दै आएको बताए । जनताका पक्षमा काम गर्न कर्मचारीलाई सदैव मार्गनिर्देश गर्ने अभिभावक गुमाउनु पर्दा गाउँपालिका शोकमग्न रहेको उनले उल्लेख गरे ।
गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् नेकपा एमालेका नेता पदम धितालले गाउँपालिका अध्यक्ष यादवको निधनले जानकी गाउँपालिकाले कर्मशिल जनप्रिय नेता गुमाउनुका साथै पार्टीले असल र जिम्मेवार नेता गुमाएको बताए ।
अध्यक्ष यादवले विगतमा अघि सारेका योजना र कार्यक्रमलाई सफल पार्न जनप्रतिनिधि र कर्मचारी अघि बढ्न सकेमात्र यादवप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनले उल्लेख गरे ।
अध्यक्ष यादवको ६२ वर्षको उमेरमा गत भदौ १२ गते बिहान शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको थियो । यादवका आमा, श्रीमती, दुई छोरा र दुई छोरी छन् । यादव वि.सं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही