नेपालगन्ज २४ भदौ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी नेपालको हितमा छ भनेर सुनिश्चित भएपछि मात्र अघि बढाउनुपर्ने बताएका छन् ।
युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित प्रदेश सभा तथा पिपुल्स भोलिन्टरर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत सामाजबादीका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘एमसीसी नेपाली जनतासँग जोडिएको विषय हो । नेपालको हितमा रहेको सुनिश्चित रहेको खण्डमा मात्रै अगाडि बढाउन आफूहरू सहमत हुने’ अध्यक्ष नेपालले बताए ।
नेकपा एकिकृत समाजबादी पार्टीको अध्यक्ष भएपछि पहिलो पटक नेपालगन्जका आएका अध्यक्ष नेपालले नेपाली सुरक्षा, स्वाधिनता लगायत नेपालको अहितमा एमसीसी छैन भनेर सुनिश्चित भएपछि मात्र अघि बढाईनुपर्ने जोड दिए ।
अध्यक्ष नेपालले भने–‘सहयोग नलिने होइन, तर जुन सहयोगले नेपाली र नेपालको सुरक्षा, भविष्य र अस्तित्वमाथि प्रश्न उठ्छ त्यस्ता सहयोग लिइदैन ।’ उनले अगाडी थपे– ‘यो नेपाली जनतासँग जोडिएको विषय हो । जनताको हितमा छ भन्ने कुराको सुनिश्चित होस् भनेका छौं । एमसीसीले शैन्य गठबन्धन, नेपालको सुरक्षा रणनीतिसंग केही चासो राख्दैन भनेर लेखेर पठाइनुपर्छ । हामी त्यसको जवाफ पर्खिरहेकाछौं ।’
युवा संघ लुम्बिनीका अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको भेला केन्द्रिय सदस्यहरु दलबहादुर सुनार, कौसिला सिंह, कैलालीका अध्यक्ष दीर्घ सोडारी, रुपेन्देहीका अध्यक्ष राजु गुरुङ्ग, कर्णालीका भौतिक विकास मन्त्री अम्मर खत्री, युवा संघका अध्यक्ष नरेशकुमार शाही, युवा संघ लुम्बिनीका सरिता श्रीसले आफ्ना विचार राखेका थिए ।
सोही कार्यक्रममा दाङका प्रेम बुढाको अध्यक्षतामा ३५ सदस्यीय पिपुल्स भोलियन्टरस गठन गरिएकोछ । भने बाँके र सुर्खेतका ३५ जना नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेकाछन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही