केपी ओलीको सर्वनाशको दिन नजिकिदैँछ : नेकपा एस अध्यक्ष नेपाल


केपी ओलीको सर्वनाशको दिन नजिकिदैँछ : नेकपा एस अध्यक्ष नेपाल

नेपालगन्ज २६ भदौ : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको सर्वनाश हुने बताएकाछन् । युवा संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा शनिबार नेपालगन्जमा आयोजित प्रदेश सभा तथा पिपुल्स भोलिन्टरर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत सामाजबादीका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष ओलीप्रति तिखो प्राहार गर्दै नेपालले भने–‘केपी ओलीको सर्वनाशको दिन नजिकिदैँछ । कसैका अगाडी शीर निहुँराउने होइन । नेपाली स्वाधिनताको रक्षा गर्दै स्वाभिमान बन्ने हो ।’

‘जनताले दिएको दुई तिहाईको म्याण्डेड अनुसार काम गर्न नसक्ने केपी ओलीको किल्ला ध्वस्त बनाउँछौं ।’ पूर्वप्रधानमन्त्री एबम नेकपा एसका अध्यक्ष नेपालले भने–‘माक्र्सबादको मूल सिद्धान्त लत्याएको केपी ओली नेतृत्व बाम गठबन्धन निरंकुश छ, ब्यक्तिबाद र गुटबाद छ ।’ एमालेका अध्यक्ष ओलीप्रति आक्रमकरुपमा प्रस्तुत हुदैँ नेपालले एमालेलाई ओलीको निजी कम्पनीको रुपमा परिणत भएको आरोप लगाए ।

‘ओलीले एमालेलाई प्राइभेटलिमिटेड बनाइसके’ नेपालले अगाडी थपे–‘केपी ओलीबाट थिचिएका, पेचिएका र पन्छाइएकाहरु एकजुट हुनुहोस् । दक्षिणपन्थि यो गठबन्दनले देश टुक्र्याउने, प्राप्त उपलब्धी नष्ट गर्ने र देशलाई पछाडी धकल्ने काम गरेकोछ अब केपी ओलीको सर्वनाश हुन्छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

‘हामी अधिनायकबादलाई स्वीर्कादैनौं । केपीले क्रान्तिको ज्वाला निभाइसके । क्रान्तिको बाटोमा हिँड्न माक्र्सबादले सिकाएको छ । हामी त्यही पथमा छौं । यो क्रान्तिको ज्वाला दन्किरहेको छ साथीहरु एकिकृत हुनुहोस् ।’ नेकपा एकिकृत समाजबादीका अध्यक्ष नेपाल आह्वान गरे ।

नेकपा एकिकृत समाजबादी पार्टीको अध्यक्ष भएपछि पहिलो पटक नेपालगन्जका आएका अध्यक्ष नेपालले क्रान्तिकारीको विद्रोह गरेर पार्टी स्थापना गरिएको बताउँदै भने –‘उद्देश्य, लक्ष्य र समय ठिक छ भने संकल्प गर्नुपर्छ, दृढताका साथ अघि बढे असम्भव भन्ने केही छैन । सधैं सत्यको जीत हुन्छ ।’

उनले भने, ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले ह्वीप लाग्दैन भनेको छ । अदालतमा विचाराधीन विषय छ । अदालतमा विचाराधीन रहेको विषय भएकाले संसदमा उठाउन पाइँदैन । यस्तो कुरालाई लिएर सभामुख, निर्वाचन आयोगको मानमर्दन गरेको छ । यो सब नाटक हो ।’ अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई पनि नाटक भनेका छन् । १० बुँदेमा ओलीले इमान्दारिता नदेखाएको कुरा साथीहरुले नबुझेको नेपालको भनाइ थियो ।

नेकपा एकिकृत समाजबादी स्थापनामा म जेएन खनाल, मुकुन्द न्यौपाने, अमृत बोहोरालाई सम्झन चाहान्छु । उनले अगाडी थपे–‘हामी लोकतन्त्रको मूल्यमान्यतालाई अंगाल्दै मदन भण्डारीले प्रतिबादन गरेको जनताको बहुलबादलाई आघि बढाउनेछौं ।’

युवा संघ लुम्बिनीका अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको भेलामा केन्द्रिय सदस्यहरु दलबहादुर सुनार, कौसिला सिंह, कैलालीका अध्यक्ष दीर्घ सोडारी, रुपेन्देहीका अध्यक्ष राजु गुरुङ्ग, कर्णालीका भौतिक विकास मन्त्री अम्मर खत्री, युवा संघका अध्यक्ष नरेशकुमार शाही, युवा संघ लुम्बिनीका सरिता श्रीसले आफ्ना विचार राखेका थिए ।

सोही कार्यक्रममा दाङका प्रेम बुढाको अध्यक्षतामा ३५ सदस्यीय पिपुल्स भोलियन्टरस गठन गरिएकोछ । भने बाँके र सुर्खेतका ३५ जना नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेकाछन् ।