File Photo
नेपालगन्ज २७ भदौ : प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त(चाचाजी)को आज जन्मजयन्ती मनाइदैछ । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठानद्वारा गुप्तको ९३ औं जन्मजयन्ती मनाउन लागिएको हो ।
प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठानको शुक्रबार बसेको बैठकले जन्मजयन्तीमा श्रदाञ्जली सभासहितको कार्यक्रम गर्दैछ ।
नेपाल पत्रकार महासँघ बाँकेका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार गुप्तको ०७६ माघ १५ गते निधन भएको थियो । आज दिउँसो साढे दुई बजे नेपालगन्ज वडा प्रहरी कार्यालय नजिक म्याजेष्टिक पार्टी प्यालेसमा गरिने कार्यक्रममा स्वर्गीय गुप्तको योगदान र व्यक्तित्व चर्चासहित श्रदाञ्जली अर्पण गरिने छ ।
यस्तै जन्मजयन्तीकै पुर्व सन्ध्यामा प्रतिष्ठानका तर्फबाट शनिबार निलसागर आश्रममा खाना खुवाइएकोछ । जन्मजयन्ती र समृती दिवस मनाउँदै आएको प्रतिष्ठानले स्वर्गीय गुप्तको सम्मानमा रानी तलाउ नजिक चोक नामाकरणसहित शालीक स्थापनाको समेत माग गर्दै आएको छ ।
यसअघि अवधी पत्रकार संघ, नेपाल पे्रस यूनियन लगायत पत्रकारका संघसंगठनले पनि पन्नालाल चोक स्थापनाको माग गर्दै आएका छन् । यसअघि उनलाई नेपालगन्जमा नागरिक अभिन्दन समेत गरिएको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही