नेपालगन्ज २८ भदौ : अवधी पत्रकार संघ नेपालको बाँके शाखा कार्यबहाक अध्यक्षमा नन्दलाल साहु तोकिएका छन् ।
अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको संघ बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले भदौ २० गते पेश गरेको राजीनामा संघको केन्द्रिय कार्यसमितिले स्वीकृत गरेको थियो ।
केन्द्रिय कार्यसमितिले बाँके शाखा अध्यक्ष त्रिपाठीको राजीनामा स्वीकृत गरेसंगै उपाध्यक्ष रहेका साहुलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
केन्द्रिय कार्यसमितिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै ब्यक्तिगत ब्यस्ताता देखाई बाँके शाखा अध्यक्षले पेश गरेको राजीनामा संघको भदौ २२ गते बसेको केन्द्रिय समितिको बैठकले स्वीकृत गरेको जनाएको छ ।
अवधि भाषी पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता बिकासका लागि सक्रिय रुपमा काम गर्दै आएको संघको काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्लामा शाखा समेत रहेको छ ।
संघको विधान अनुसार जिल्ला शाखाका उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोकी पुर्णता दिने अधिकार प्रदान गरेको समेत संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्रद्वारा जारी उक्त प्रेस विज्ञप्तीमा उल्लेखछ । कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका साहु नेपाल प्रेस युनियन बाँके शाखाका कार्यसमिति सदस्य हुन् । उनी भेरी एफएम नेपालगन्जका प्रमुख संवाददाता समेत हुन् ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं