नेपालगन्ज ३ असोज : संविधान दिवसका अवसरमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूलाई विभूषित गरिएकोछ ।
सातौं संविधान दिवसका अवसरमा सरकारले पदकका लागि सिफारिस गरेका उनीहरू राष्ट्रपति विद्या भण्डारीबाट विभूषित हुनेछन् । उनीहरुलाई मानपदवी, अलङ्कार र पदक दिने सार्वजनिक गरिएको छ ।
राष्ट्रपतिबाट विभूषित हुने पत्रकारहरूमा सुप्रबल जनसेवाश्री तारानाथ दाहाल, सुरेश आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान र हरिबहादुर थापालाई दिइने भएको छ ।
यस्तै कीर्तिमय राष्ट्रद्वीप विभूषण पत्रकारहरू ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहाललाई दिइने भएको छ ।
यसैगरि प्रवल जनसेवाश्रीबाट पत्रकारहरु बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्र केसी, माधव ढुंगाना, मुकुन्द दाहाल, दिलभूषण पाठक, विश्वमणि पोखरेल, प्रकृति अधिकारी, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दु, समा थापा, डाक्टर बालकृष्ण चापागाई, मोहम्मद सदरुल, शालिग्राम सुवेदी, गोविन्द धिताललाई प्रवल जनसेवाश्री दिने घोषणा भएको छ ।
त्यसैगरि भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भूसाल, बृजकुमार यादव, आकांक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठलाई जनसेवाश्री पदक घोषणा गरिएको छ ।
यसैबीच, पत्रकार हरिबहादुर थापाले सुप्रबल जनसेवाश्री विभूषण अस्वीकार गर्ने घोषणा गरेका छन् । भने कार्टुनिस्ट रविन सायमीले पनि प्रवल जनसेवाश्री पदक अस्वीकार गरेका छन् ।