बर्दिया ८ असोज : बारबर्दिया नगरपालिकाका स्वास्थ्यकर्मी तथा शिक्षकलाई सम्मान गरिएकोछ ।
सातौं संविधान दिवसका अवसरमा बारबर्दियाका २१ जना शिक्षक र १६ जना स्वास्थ्यकर्मीलाई नगद तथा कदरपत्रले सम्मान गरिएको हो ।
बारबर्दिया नगरपालिकाले सातौं सविधान दिवसका अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याएका १८ जना र सेवानिबृद्धि भएका ३ जना गरी २१ जना तथा कोभिड–१९ को महामारीमा उल्लेख्य कार्य गर्ने १६ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नगद तथा कदरपत्रले सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तिलक शर्मा ‘हिमाल’ले संविधानलाई संस्थागत गर्नु नै आजको आवश्यकता भएको बताउँदै सविधानको कार्यान्वयनका लागी सबैको लाग्नुपर्ने बताए ।
यस्तै सोक्रममा नगरप्रमुख दुर्गाबहादुर थारु ‘कविर’ले संविधानको संरक्षणमा सबैको भूमिका रहने भन्दै संविधानले सबैको चाहना र भावना अनुसार मौलिक हकको समेत ग्यारेन्टि गरेको बताए ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्दा उनीहरुको मनोबल बृद्धि हुने बारबर्दिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाका विद्यालय निरीक्षक टिकानाथ गोसाइले बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही