नेपालगन्ज : बाँकेको जानकी गाँउपालिका–६, गनापुरबाट विस्फोटक पदार्थ सहित दुई जना पक्राउ परेकाछन् । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य भरतबहादुर बम र कालिकोट जिल्लाका जनसरकार प्रमुख सत्य बहादुर शाही पक्राउ परेका हुन् ।
पोलिट्ब्युरो सदस्य बम तथा जनसरकार प्रमुख शाहीलाई प्रहरीले जानकी गाँउपालिका–६, गनापुरबाट बुधबार पक्राउ गरेको हो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बम र शाहीको पक्राउलाई पुष्टि गरे ।
उनका अनुसार बम बिस्फोटक पदार्थ र पार्टीका महत्वपूर्ण दस्तावेजसहित पक्राउ परेका हुन् । पक्राउ परेका बम तथा शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । उनीहरुले एउटा व्यवसायीक फर्ममा विष्फोट गराउने तयारीका साथ हिंडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
गत फागुनमा सरकारले ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि हालसम्म बाँकेमा पोलिट्ब्युरो सदस्य बमसहित ७ जना पक्राउ परेका छन् । यस्तै प्रहरी उपरीक्षक पौडेलका अनुसार ५ जना विप्लव कार्यकर्ताले आत्मसमर्पण गरिसकेका छन् ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश