नेपालगन्ज ९ असोज : श्याामनन्द कला तथा संस्कृति प्रतिष्ठान नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ । वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी मुख्य संरक्षक रहेको प्रतिष्ठानका अध्यक्ष सागरसिंह ठकुरीको अध्यक्षतामा साधारण सभा भएको हो । सभाले ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
साधारण सभाले अध्यक्षमा पुनः सागरसिंह ठकुरी, उपाध्यक्षमा भिमबहादुर सिंह, सचिवमा सन्तोष राढ, सहसचिव निरज देवकोटा र कोषाध्यक्षमा सागर क्षेत्री तथा सदस्यहरु सुन्दर गुरुङ, सविता सिंह ठकुरी, सन्दीप अधिकारी, डिबी भण्डारी, टेकराज जैसी, शोभा गुरुङलाई चयन गरेको छ ।
यसैगरि सल्लाहकार समितिमा डाक्टर विजय प्रधान, आरके देवकोटा, ससिराम कार्की र प्रेस सल्लाहकारमा खम्ब पुनलाई चयन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ९ मा प्रतिष्ठानको कला संग्राहलय रहेको छ । प्रतिष्ठानका संरक्षक श्यामानन्दसिंह ठकुरी आफैले निर्माण गरेका कलाकृति संरक्षणमा प्रतिष्ठान लागिपर्ने अध्यक्ष सागरसिंह ठकुरीले बताएका छन् ।
आगामी दिनमा संग्राहलयको विस्तार, प्रवद्र्धन, प्रचार–प्रसार र प्रर्दशनका लागि पहल गर्ने र यसका लागि रणनीतिक योजना बनाएर अगाडी बढ्ने उनको भनाई छ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे