प्रतिष्ठानको पहिलो साधारण सभाबाट समिति चयन


प्रतिष्ठानको पहिलो साधारण सभाबाट समिति चयन

नेपालगन्ज ९ असोज : श्याामनन्द कला तथा संस्कृति प्रतिष्ठान नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ । वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी मुख्य संरक्षक रहेको प्रतिष्ठानका अध्यक्ष सागरसिंह ठकुरीको अध्यक्षतामा साधारण सभा भएको हो । सभाले ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

साधारण सभाले अध्यक्षमा पुनः सागरसिंह ठकुरी, उपाध्यक्षमा भिमबहादुर सिंह, सचिवमा सन्तोष राढ, सहसचिव निरज देवकोटा र कोषाध्यक्षमा सागर क्षेत्री तथा सदस्यहरु सुन्दर गुरुङ, सविता सिंह ठकुरी, सन्दीप अधिकारी, डिबी भण्डारी, टेकराज जैसी, शोभा गुरुङलाई चयन गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरि सल्लाहकार समितिमा डाक्टर विजय प्रधान, आरके देवकोटा, ससिराम कार्की र प्रेस सल्लाहकारमा खम्ब पुनलाई चयन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ९ मा प्रतिष्ठानको कला संग्राहलय रहेको छ । प्रतिष्ठानका संरक्षक श्यामानन्दसिंह ठकुरी आफैले निर्माण गरेका कलाकृति संरक्षणमा प्रतिष्ठान लागिपर्ने अध्यक्ष सागरसिंह ठकुरीले बताएका छन् ।

आगामी दिनमा संग्राहलयको विस्तार, प्रवद्र्धन, प्रचार–प्रसार र प्रर्दशनका लागि पहल गर्ने र यसका लागि रणनीतिक योजना बनाएर अगाडी बढ्ने उनको भनाई छ ।