डुडुवा (बाँके) १२ असोज : सूचनामा विश्वव्यापी पहुँच अन्र्तराष्ट्रिय दिवस नेपालगन्जमा एक कार्यक्रमका बीच मनाइएको छ । सूचनामा सबैको पहुँच तथा थाहा पाउने अधिकार अन्र्तगत दिवसको सम्झनामा सूचनाको हकलाई कार्यन्वयनमा जोड दिइएको हो ।
दिवसको अवसरमा नेपालगन्जको निम्बल क्लेजका युवा विद्यार्थीहरुलाई सूचनाको हक सम्वन्धी एक दिने अभिमुखीकरण गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सूचनाको हकका बारेमा सबैले थाहा पाउने भनेर अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा करिव ४७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारीले सूचनाको हक, यस सम्वन्धीको कानूनी व्यवस्था, र कार्यन्वयनको अवस्था लगायतका बारेमा जानकारी गराएका थिए । अभिमुखीकरणमा निम्बल कलेजका सञ्चालक सुनिलकुमार गुप्ता, प्रिन्सिपल शतिस थापा, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, कार्यक्रम संयोजक टेकनाथ आचार्य, सूचना अभियन्ता शैलेन्द्रकुमार वैश्य लगायतले बोलेका थिए ।
संस्थाले सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई कार्यान्वयन गर्न सरोकारवालासँग पहल गर्दै आएको छ । बाँके जिल्लामा अझै पनि ऐन पूर्ण रुपमा कार्यन्वयन भएको पाईदैन । सूचनाको हक सम्बन्धी प्रचार–प्रसार तथा दवाब अभियान सञ्चालन भएपछि सार्वजनिक निकायले सूचना अधिकारी तोक्ने, सूचनाको हकका बारेमा निवेदन दर्ता गर्ने र सूचना उपलब्ध गराउन थालेको सूचनाको हक जिल्ला अनुगमन समितिले जनाएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही