नेपालगन्ज १६ असोज : समृद्धिका लागि सञ्चार नेपाल संस्थाको तेस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा भएको साधारण सभमा कोषाध्यक्ष विमला चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।
साधारणसभामा अध्यक्ष अर्जुन ओलीले संस्थाको प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । राप्तीसोनारी –८ नयाँ गाउँमा सम्पन्न साधारण सभाले संस्थाको कार्यसमिति पनि पुनर्गठन गरेको छ ।
पुनर्गठन गरिएको कार्यसमितिको अध्यक्ष अर्जुन ओली, उपाध्यक्ष कृष्ण खत्री, सचिव चित्रबहादुर केसी, कोषाध्यक्ष विमला चौधरीलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा गणेश प्रसाद थारु, हुमाशंकर ओली, सन्तोष चौधरी, कृष्ण ओली र धर्म राज खड्कालाई चयन गरिएको छ । समृद्धिका लागि सञ्चार नेपालले राप्ती सोनारी–२ अगैयामा विगत दुई वर्षदेखि रेडियो भूवर भवानी सञ्चालन गरिरहेको छ ।
राप्ती सोनारी गाउँपालिकामा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छ ।