नेकपा(एस) र जसपालाई ४-४ मन्त्रालय
नेपालगन्ज १९ असोज : सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । गठबन्धनका शीर्ष नेताको आज बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो ।
योसंगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउने भएको छ । सरकार बनेको करिब तीन महिनापश्चात् देउवा नेतृत्वको सरकाले पूर्णता पाउने भएको हो ।
शीर्ष नेताहरूबीचको सहमतिअनुसार नेकपा (एकीकृत समाजवादी) र जसपाले बराबरी चार÷चार मन्त्रालय लिनेछन् ।
यस्तै, माओवादी केन्द्रले पाँच मन्त्रालय लिने समझदारी भएको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले ६ मन्त्रालय मात्र लिनेछ ।
दुई मन्त्रालय महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा ल्याउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नै राखेका छन् । प्रधानमन्त्रीले आफूसँग राखेका मन्त्रालयका विषयमा खुलाइएको छैन ।
गठबन्धनका नेताहरूको आज साँझसम्म दलहरूका तर्फबाट शीर्ष नेताले नाम दिनेछन् । भने प्रधानमन्त्रीले आजै वा भोलि बिहान मन्त्रीहरूको शपथग्रहणको तयारी गरिनेछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही