नेपालगन्ज १९ असोज : बाँकेको कोहलपुर नगरपालिकाको गन्दर्भ समुदाय र बैजनाथ गाँउपालिकाका गाईन र बादी समुदायका २०० जना महिलालाई फ्रिडम किड ब्याग वितरण गरिएको छ ।
बास नेपाल नेपालगन्ज र फ्रिडम किड ब्याग्सको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर– ११ स्थित गन्र्दभ समुदाय र बैजनाथ गाउँपालिका वडा नम्बर १ र २ मा रहेका गाईन तथा बादी समुदायका महिलाहरुलाई उक्त किड ब्याग बितरण गरिएको हो ।
अल्पसख्यक तथा लोपोन्मुख उक्त समुदायका महिलाहरुलाई महिनावारी र प्याडको प्रयोगका बिषयमा जानकारी गराउने र सामाग्री बितरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महिनावारी र प्याड प्रयोगका बिषयमा किड ब्याग्स काठमाण्डौंकी निर्मला श्रेष्ठले महिलाहरुलाई अभिमुखिकरण गरेकी थिईन् ।
कोहलपुर नगरपालिका वडा नम्बर– ११ मा भएको कार्यक्रममा गन्दर्भ समुदायका अध्यक्ष सुशील कुमार बैगार, वडा नम्बर–११ का अध्यक्ष कर्ण बहादुर थापाले समुदायमानै आएर प्याड बितरण गरेकोमा आयोजकलाई धन्यबाद दिएका थिए ।
बासका जनसम्पर्क अधिकृत मुना बिष्टले सञ्चालन गरेको वितरण कार्यक्रममा बासका निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यवाहक कोषाध्यक्ष दीला शाह, बासकी उमा चौधरी, फ्रिडम किड ब्याग्स काठमाण्डौंका निर्मला श्रेष्ठ, सुमि श्रेष्ठ, दीकु तामांग, सुप्रिन्स कसजु, जुनी पर प्रजाको उपस्थिती रहेको थियो ।
पछाडी पारिएका गन्दर्भ, गाईन र बादी समुदायका महिलाहरुले घरमै फ्रिडम किड ब्याग पाएकोमा खुसी ब्यक्त गरेका थिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी