नेपालगन्ज २२ असोज : बाँकेका प्रदेश सभा सदस्य एवम ओलम्पियन सुरेन्द्र हमाल मन्त्रीमा सिफारिस भएका छन् ।
उनी लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सिफारिस भएका हुन् । योसंगै उनी वन वातावरण तथा भूसंरक्षण मन्त्री बन्ने पक्का भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ निवासी उनी बाँके, प्रदेशसभा–२(ख) बाट निर्वाचित भएका थिए । हमाल ओलम्पियन पनि हुन् । कुलप्रसाद केसी मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा आज उनले मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।
मन्त्रीलाई आजै (शुक्रबार) शपथ गराउने तयारी भएपनि समय र मन्त्रीको नाम सार्वजनिक नहुँदा तय भएको छैन ।
माओवादी केन्द्रले मन्त्रीको नाम टुंग्याइसकेको जनाएको छ । हमालले दूरसंचार डटकमसंग भने, ‘खासमा म खेलाडी भएको हुँदा खेलकुद मन्त्रालय मागेको हु, तर मिलाउने क्रममा वन मन्त्री मिल्ने निश्चित जस्तै छ, मन्त्री हुने पक्का नै हो सपथ नलिदासम्म मन्त्रालय तलमाथी हुन सक्छ ।’