नेपालगन्ज २२ असोज : बाँकेका प्रदेश सभा सदस्य एवम ओलम्पियन सुरेन्द्र हमाल मन्त्रीमा सिफारिस भएका छन् ।
उनी लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सिफारिस भएका हुन् । योसंगै उनी वन वातावरण तथा भूसंरक्षण मन्त्री बन्ने पक्का भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ निवासी उनी बाँके, प्रदेशसभा–२(ख) बाट निर्वाचित भएका थिए । हमाल ओलम्पियन पनि हुन् । कुलप्रसाद केसी मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा आज उनले मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।
मन्त्रीलाई आजै (शुक्रबार) शपथ गराउने तयारी भएपनि समय र मन्त्रीको नाम सार्वजनिक नहुँदा तय भएको छैन ।
माओवादी केन्द्रले मन्त्रीको नाम टुंग्याइसकेको जनाएको छ । हमालले दूरसंचार डटकमसंग भने, ‘खासमा म खेलाडी भएको हुँदा खेलकुद मन्त्रालय मागेको हु, तर मिलाउने क्रममा वन मन्त्री मिल्ने निश्चित जस्तै छ, मन्त्री हुने पक्का नै हो सपथ नलिदासम्म मन्त्रालय तलमाथी हुन सक्छ ।’
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही