बाँकेका एकैघरका दुई दाजुभाई एकैदिन मन्त्री


बाँकेका एकैघरका दुई दाजुभाई एकैदिन मन्त्री

नेपालगन्ज २२ असोज : बाँकेका एकैघरका दुई दाजुभाई एकैदिन मन्त्री बनेकाछन् । बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२, घरबारीटोल निवासी गजेन्द्र हमाल र सुरेन्द्र हमाल मन्त्री बनेका हुन् ।

गजेन्द्र संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल भए भने सुरेन्द्र लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री बनेका हुन् ।

गजेन्द्र देउवाले काँग्रेस प्रजातान्त्रिक बनाउँदा बाँके सभापति समेत बनेका थिए । उनी पछिल्ला वर्षहरुमा काँग्रेसको सक्रिय राजनीतिमै छैनन् ।

यस्तै काँग्रेसबाट बाँके प्रदेशसभा–२(ख) बाट निर्वाचित सुरेन्द्र मन्त्री बनेका छन् । उनी ओलम्पियन पनि हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

गजेन्द्र हमाल र सुरेन्द्र हमाल एकै घरका दुई दाजुभाई हुन् । गजेन्द्र दाई हुन् भने सुरेन्द्र भाई हुन् । गजेन्द्र र सुरेन्द्र दुबैजना प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान र साला हुन् ।

प्रधानन्यायाधीश राणाको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्न सफल भएका हुन् ।