नेपालगन्ज २२ असोज : बाँकेका एकैघरका दुई दाजुभाई एकैदिन मन्त्री बनेकाछन् । बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२, घरबारीटोल निवासी गजेन्द्र हमाल र सुरेन्द्र हमाल मन्त्री बनेका हुन् ।
गजेन्द्र संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल भए भने सुरेन्द्र लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री बनेका हुन् ।
गजेन्द्र देउवाले काँग्रेस प्रजातान्त्रिक बनाउँदा बाँके सभापति समेत बनेका थिए । उनी पछिल्ला वर्षहरुमा काँग्रेसको सक्रिय राजनीतिमै छैनन् ।
यस्तै काँग्रेसबाट बाँके प्रदेशसभा–२(ख) बाट निर्वाचित सुरेन्द्र मन्त्री बनेका छन् । उनी ओलम्पियन पनि हुन् ।
गजेन्द्र हमाल र सुरेन्द्र हमाल एकै घरका दुई दाजुभाई हुन् । गजेन्द्र दाई हुन् भने सुरेन्द्र भाई हुन् । गजेन्द्र र सुरेन्द्र दुबैजना प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान र साला हुन् ।
प्रधानन्यायाधीश राणाको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्न सफल भएका हुन् ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?