नेपालगन्ज २३ असोज : बारीको कान्लामा ढकमक्क सयपत्री फूल फुल्न थालेपछि, आकाशमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । यसैगरी गाउँघरमा तब दशैंको रौनक शुरु हुन्छ, जब ठाउँ–ठाउँमा पिङ हाल्न थालिन्छ ।
दशैं परम्परासँग जोडिएका चङ्गा, पिङ मनोरञ्जनका माध्याम हुन् । यद्यपि यसको महिमा मनोरञ्जनमा मात्र सीमित छैन । हाम्रा धार्मिक परम्परासँग जोडिएका कुराहरु आफैमा वैज्ञानिक छन् । पिङ र चङ्गासँग पनि विज्ञान जोडिएको छ ।
जस्तो चङ्गाले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चङ्गा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । चङ्गा उडाउन मन्द हावाको बहाव चाहिन्छ । विजय र वर्चश्वको बोझ लिएर उड्ने चंगा एक रोमाञ्चक खेल मात्र होइन, जीवन दर्शन पनि हो । यो उमंगको प्रतिक हो, स्वच्छन्दको प्रतिक हो, उचाईको प्रतिक हो ।
भनिन्छ, चंगा उडाउँदा हामी दुःख, पीर भुल्छौं । दम्भ, रिस, राग भुल्छौं । मनमा उमंग छाइरहेको हुन्छ । यसले हामीमा महत्वकांक्षा जगाउँछ । आकाश छुनुपर्छ भन्ने सन्देश दिन्छ ।
धागोले बाधिएर लट्टाईबाट नियन्त्रण गरिने चङ्गा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार पनि रहेको छ । मानिसको महत्वकांक्षालाई आकाशको उचाईसम्म लिएर जाने चङ्गालाई कतै सगुन र कतै अपसकुनको रुपमा लिने गरिन्छ ।

यसैगरी लिङ्गे पिङ पनि दशैंसँग अभिन्न रुपमा जोडिएको छ । पिङ खासमा मनोरञ्जनकै लागि खेलिन्छ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने पुरातन मान्यताले पनि धेरैलाई पिङ खेल्नका लागि प्रेरित गर्छ । दशैंमा रमाउने बाहानामध्ये पिङ एक उत्कृष्ट तरिका पनि हो ।
दशैंको बेला हाम्रो खानपान नियन्त्रित हुँदैन । किनभने दशैंको विशेषता नै मीठो मसिनो खाने हो । खसीको पक्कु दशैंको खास परिकार । यसैगरी आगन्तुकलाई ख्वाउन होस् वा आफु पाहुना लाग्दा, मीठोमसिनो खानेकुराको जोरजाम गरिन्छ । अर्थात दशैंमा हामी सामान्य दिनभन्दा बढी खानेकुरा खाइरहेका हुन्छौं, त्योपनि मासुजन्य परिकार ।
यसरी दशैंको बेला आवश्यक्ताभन्दा बढी खानेकुरा खाइने भएकाले उक्त खानेकुरा पचाउन पिङ खेल्ने गरिएको कतिपयको तर्क छ । यो तर्क यसकारण सही लाग्छ कि, पिङमा मच्चिने क्रममा शरीरको सम्पूर्ण व्यायाम हुन्छ । दशैंको समयमा त्यती धेरै शारीरिक श्रम नगर्ने भएकाले हाम्रो शरीर यसैपनि शिथिल भइरहेको हुन्छ । त्यसमाथि अत्याधिक खानेकुराको भार त छँदैछ ।
पिङमा मच्चिदा खासगरी पेट खुम्चने र तन्कने गर्छ । यसले पाचन यन्त्रलाई बलियो बनाउन सहयोग गर्छ । लिङ्गे पिङ खेल्ने आफ्नै तरिका छ । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यस क्रममा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ ।
यद्यपि कोरोना संकटका कारण यसपाली जमघट गरेर पिङ खेल्ने वा उन्मुक्त चंगा उडाउने स्थिती त्यती अनुकल छैन । यसरी जमघट गर्दा कोरोना फैलने जोखिम रहन्छ । त्यसैले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाएर चाडबाड मनाउनुपर्दछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी