बहुविवाह मुद्दामा पक्राउ परेकी रुवी खानलाई जहाजबाट नेपालगन्ज ल्याइयो


बहुविवाह मुद्दामा पक्राउ परेकी रुवी खानलाई जहाजबाट नेपालगन्ज ल्याइयो

बहुविवाह मुद्दामा पक्राउ परेकी रुवी खानलाई शनिबार बुद्ध एयरको जहाजबाट नेपालगन्ज एयरपोर्टमा प्रहरीले लिएर जिप्रका बाँके लग्दै । तस्विर: दामोदर भण्डारी /सेतोखरी

नेपालगन्ज २३ असोजः बहुविवाह मुद्दामा पक्राउ परेकी रुवी खानलाई बुद्ध एयरको जहाजबाट शनिबार बेलुका नेपालगन्ज ल्याइएको छ । महिला अधिकारकर्मी हुँ भन्दै नेपालगन्जबाट २० दिन पैदल हिँडेर काठमाण्डौ पुगेकी रुबी खानलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेको कमाण्डमा खटेको प्रहरी टोलीले बहुविवाह मुद्दामा पक्राउ परेकी रुवीलाई नेपालगन्ज एयरपोर्टबाट सिधा जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएकोछ ।

डिएसपी न्यौपानेले काठमाण्डौंबाट शनिबार बेलुका बुद्ध एयरको जहाजबाट बाँके ल्याइएको जानकारी दिए । सेतोखरीसंग कुरा गर्दै डिएसपी न्यौपानेले भने –‘रुवि खान बहुविवाह मुद्दामा पक्राउ परेकी छिन्, उनलाई हामीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेका छौं ।’

नेपालगन्जकी नन्कुनी धोवि र निर्मला कुर्मीको हत्या भएको भन्दै नेपालगन्जबाट पैदल हिँडेर काठमाण्डौंको माइतीघर मण्डलामा धर्ना बसेकी रुवीलाई शुक्रबार बेलुका खाना खाँदै गर्दा नेपाल प्रहरीले पक्राउ गरेको हो ।

रुवीले आफ्नो विवाह नेपालगन्जका मोहम्मद शेर बागवानसंग भएको र सम्बन्ध विच्छेद गरिपाउँ भनि जिल्ला अदालत बाँकेमा निवेदन दर्ता गराएपछि अदालतले श्रीमती भनिएकी रुबी खानलाई बहुविवाहमा पक्राउ गरि अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बाँकेलाई आदेश दिएको थियो ।

रुबी खान र मोहम्मद शेर बागवान ।

मोहम्मद शेर बागवान र बागवानकी कान्छी श्रीमती भनिएकी रुबीका नाममा बाँके प्रहरीले वारेन्ट जारी गरेको थियो । रुबीलाई विवाह गर्नु अघि नै बागवानकी श्रीमती घरमै रहेकी थिइन ।