एकैदिन मन्त्री भएका एकैघरका दुई दाजुभाइको संयोग : एकैदिन दाइको राजीनामा भाइको सपथ ग्रहण


एकैदिन मन्त्री भएका एकैघरका दुई दाजुभाइको संयोग : एकैदिन दाइको राजीनामा भाइको सपथ ग्रहण

नेपालगन्ज २४ असोज : एकैदिन मन्त्री बनेका एकै घरका दुई दाजुभाइ मध्ये दाईले राजीनामा दिएकै दिन भाइले सपथ ग्रहण गर्दैछन् ।  संघीय सरकारमा मन्त्री बनेका गजेन्द्र हमालले दुई दिनमै राजीनामा दिएकै दिन उनका भाइ सुरेन्द्र हमालले लुम्बिनीम प्रदेशमा मन्त्रीको सपथ लिदैंछन् ।

प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराकाको कोटाबाट उनका जेठान(गजेन्द्र)लाई मन्त्रि बनाएको भन्दै सर्वत्र विवाद बढेपछि गजेन्द्रले आईतबार राजीनामा दिएका थिए । उनकै सहोदर भाइ सुरेन्द्र हमाल भने आजै लुम्बिनी प्रदेशको मन्त्री पदमा सपथ ग्रहण गर्दैछन् ।

गजेन्द्रसँगै उहीँ दिन (शुक्रबार) सुरेन्द्रले पनि सपथ लिने कार्यक्रम थियो । तर, काँग्रेसले मन्त्रीमा पठाउने अर्को एक मन्त्रीको नाम नटुंगिदा शुक्रबारको सपथ रोकिएको थियो ।

सत्तासाझेदार नेपाली काँग्रेसले लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आजै मन्त्रिपरिषद् विस्तार गरि आजै सपथ खुवाउने कार्यक्रम रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२, घरबारीटोल निवासी गजेन्द्र हमाल र सुरेन्द्र हमाल मन्त्री बनेका हुन् । गजेन्द्र संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल भए भने सुरेन्द्र लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री बने ।

गजेन्द्र देउवाले काँग्रेस प्रजातान्त्रिक बनाउँदा बाँके सभापति समेत बनेका थिए । उनी पछिल्ला वर्षहरुमा काँग्रेसको सक्रिय राजनीतिमै छैनन् ।

यस्तै काँग्रेसबाट बाँके प्रदेशसभा–२(ख) बाट निर्वाचित सुरेन्द्र मन्त्री बनेका छन् । उनी ओलम्पियन पनि हुन् । गजेन्द्र हमाल र सुरेन्द्र हमाल एकै घरका दुई दाजुभाई हुन् । गजेन्द्र दाई हुन् भने सुरेन्द्र भाई हुन् । गजेन्द्र र सुरेन्द्र दुबैजना प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान र साला हुन् । प्रधानन्यायाधीश राणाको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्न सफल भएका हुन् ।