नेपालगन्ज १ कार्तिकः गृहनगर नेपालगन्ज आएका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई भब्य स्वागत गरिएको छ । मन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक सोमबार(आज) नेपालगन्ज आएका हुन् ।
काठमाडौंबाट स्थलमार्ग भएर बुटवल हुदैँ नेपालगन्ज आएका मन्त्री हमाललाई सोमबार बाँकेका विभिन्न ठाउँमा शुभेच्छुक तथा नेपाली काँगे्रसका नेता, कार्यकर्ताले स्वागतसँगै बधाई दिएका हुन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा प्रवेश गरे लगत्तै हमाललाई धानखोला र लमहीमा शुभेच्छुक तथा काँग्रेस कार्यकर्ताले स्वागत तथा बधाई दिएका थिए । मन्त्री हमाल आइतबार बेलुका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमस्थित आफन्त कहाँ बसेका थिए ।
हमालले सोमबार बिहान ७ बजे कुसुम बजारमा भेटघाट गरि नेपालगन्जका लागि हिँडेका थिए । बिहान ७ बजे कुसुमका साथीहरुलाई भेट गरेका मन्त्री हमाल त्यसपछि अगैया, सम्शेरगञ्ज हुदँै कोहलपुरको कार्यक्रममा सहभागी भए ।
मन्त्री हमालको उपस्थितीमा नेपाली काँग्रेस कोहलपुर नगर समितिले सोमबार बिहान ९ बजे स्वागत तथा बधाई कार्यक्रम गरेको थियो ।
उक्त कार्यक्रममा सहभागी भएर हमालले कोहलपुरमा रहेको एक मन्दिरको दर्शन गरि कोहलपुरको हवल्दारपुरमा भेला भएका शुभेच्छुक तथा काँग्रेस कार्यकर्ताले हमाललाई भब्य स्वागत गरे ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी काँग्रेस नेतृ उमा थापामागर लगायतले मन्त्री हमाललाई राँझा चोकमा भब्य स्वागत गरेका थिए । सोक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमाल, काँग्रेस नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
केही बेर अघि मात्र नेपालगन्ज आइपुगेका मन्त्री हमालले पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेकाछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली काँग्रेसको तर्फबाट बाँके प्रदेश सभा–२ (ख) बाट निर्वाचित भएका थिए । उनी गृहनगर नेपालगन्जमा करिव एक हप्ता रहने बताइएको छ । यसबीच उनी विभिन्न कार्यक्रम, भेटघाटमा सहभागि हुनेछन् ।