नेपालगन्ज १ कार्तिक : आफुमाथी ठुलो जिम्मेवारी थपिएको बताउँदै अब अगाडी हेरौं भन्नुभन्दा पनि काम गरेर देखाउने लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले बताएकाछन् ।
मन्त्री पद सम्हालेपछि पहिलो पटक गृहजिल्ला बाँके आइपुगेका लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री हमाल यस्तो बताएका हुन् ।
आफुमाथी ठुलो जिम्मेवारी थपिएको बताउँदै आफुमाथी आमरुपमा गरिएको विश्वासलाई खडो र इमान्दारी पूर्वक काम गरेर देखाउने मन्त्री हमालले प्रतिबद्धता जनाए ।
‘एउटा ठुलो जिम्मेवारी म माथी थपिएको छ, म माता बागेश्वीसँग प्रार्थना गर्दछु, उहाँले जुन म माथी विश्वास गर्नु भएको छ, त्यो विश्वासमा म खडो र इमान्दारीपुर्वक काम गरेर देखाउनेछु,’ मन्त्री हमालले भने ।
मन्त्री हमालले वातावरण संरक्षण, वन अतिक्रमण र डढेलो नियन्त्रण तथा वैज्ञानिक वनका विषयमा कार्ययोजना बनाएर काम गर्ने सोँच बनाएको बताए ।
‘अब अगाडी हेरौं भन्नुभन्दा पनि काम गरेर देखाउन राम्रो हुन्छ, त्यसकारणले भन्नुभन्दा गर्नुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने । आगामी दिनमा बाँके जिल्लाको तीन वटै क्षेत्रमा नेपाली काँग्रेसलाई जिताउन सम्पुर्ण कार्यकर्तालाई एकबद्ध भएर अगाडी बढ्न उनले आग्रह पनि गरे ।
स्वागत पाउनु राजनीतिककर्मीका लागि खुसीको कुरा भएको बताउँदै मन्त्री हमालले भने, ‘मैले यतिखेर आफ्नो दाई स्वर्गीय रणेन्द्रबहादुर हमाललाई सम्झिरहेको छु, जसरी रणेन्द्रबहादुर हमालले हिजो पञ्चायतकालमा नेपाली काँग्रेसलाई अगाडी डोर्याए, जुन माया र ममता मेरोे माइलो दाई रणेन्द्रबहादुर हमालले पाए, उहाँले देखाएको बाटोमा म हिँड्छु ।’ आफुलाई स्वागत गर्ने नेपाली काँग्रेस र प्रजातन्त्रप्रेमी सबैप्रति उनले आभार प्रकट गरे ।
स्थलमार्ग भएर नेपालगन्ज आएका उनलाई आईतबार पनि विभिन्न ठाउँमा स्वागतसँगै बधाई दिइएको थियो । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ प्रवेश गरे लगत्तै हमाललाई धानखोला र लमहीमा शुभेच्छुक तथा काँग्रेस कार्यकर्ताले स्वागत तथा बधाई दिएका थिए । मन्त्री हमाल आईतबार बेलुका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमस्थित आफन्त कहाँ बसेका थिए ।
नेपालगन्ज–२ घरबारीटोल निवासी ओलम्पियन समेत रहेका मन्त्री हमाल नेपाली काँग्रेसको तर्फबाट बाँके प्रदेश सभा–२ (ख) बाट निर्वाचित भएका थिए । गृहनगर नेपालगन्जमा करिब चार दिनसम्म रहने मन्त्री हमालको सचिवालयले जनाएको छ । उनी बाँकेमा रहँदा विभिन्न कार्यक्रम तथा भेटघाटमा ब्यस्त हुनेछन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही