डुडुवा (बाँके), ३ कार्तिक : बाँके डुडुवा गाउँपालिकाले अनलाईन व्यक्तीगत घटना दर्ता प्रमाणपत्र वितरणको दोस्रो चरणको अभियान शुरु गरेको छ ।
आज बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको वडा नम्बर–२ सन्तलिया गाउँका पाटनदिन बर्माको छोरीको जन्मदर्ता प्रमाणपत्रको विवरण संकलन फारम प्रदान गर्दै अभियानको शुभारम्भ गरे ।
अभियानको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित नहुन भनेर घरघरमै सेवा पुर्याउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत घटना दर्ताको विवरण संकलन शुरु गरिएको बताए ।
घरदैलौ अभियानमार्फत विवरण संकलन गरेर अनलाइनमा दर्ता गरि पुनः प्रमाणपत्र बनाएर घर–घरमा पुगेर वितरण शुरु गरिने गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख एमआइएस अपरेटर कौशल कुमार कैरातीले बताए ।
गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट बञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर घरमा पुगेर घटना दर्ताको विवरण संकलन गरि गर्न थालिएको हो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाद्वारा व्यक्तीगत घटना दर्ताको दोस्रो चरणको अभियान शुरु गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर–१ देखि ६ सम्म घरदैलो अभियान अन्र्तगत विवरण संकलनका लागि वडा सचिवसहितको करिब २७ जना जनशक्ति परिचालन गरि गरिएको छ । घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाईसराइ लगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गर्ने घटना दर्ताका फोकल पर्सन वडासचिव शिवकुमार मौर्यले जानकारी दिए । उनका अनुसार विवरण संकलन गर्ने टोलीले नागरिकता नलिएका नागरिकहरुको अनुसुचि फारम भर्ने, फोटो खिच्ने कार्य पनि गर्नेछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही