जानकी (बाँके) ४ कार्तिक : बाँकेको जानकी गाउँपालिकाले आज ११ औं विशेष गाउँसभा सम्पन्न गरेको छ ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालको अध्यक्षतामा भएको विशेष गाउँसभाले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन गरेको छ ।
गाउँसभामा कार्यवाहक अध्यक्ष धितालले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन प्रस्ताव पेश गरेकी थिइन । उनले ऐन संशोधन नभएका कारण शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्न कठिनाई भएकोले विशेष गाउँसभामार्फत संशोधन गरिएको बताइन् ।
शिक्षा ऐन २०७७ पहिलो संशोधन, स्वास्थ तथा सरसफाई ऐन २०७८, गाउँपालिकाको वडास्तरिय योजना संशोधन र रोजगार शाखाको कार्यक्रम सर्बसहमतिबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, लेखा अधिकृत मतीन अहमद अन्सारी लगायतले विभिन्न ऐन संशोधन प्रस्ताव पेश गर्नु गरेका थिए । गाउँसभामा जानकी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष बिश्रामकुमार बर्माले स्वागत मन्तव्य व्यक्त राखेका थिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही