‘देउवा र पौडेल काँग्रेसबाट ‘रिटायर्ड’ हुनुस्’


‘देउवा र पौडेल काँग्रेसबाट ‘रिटायर्ड’ हुनुस्’

नेपालगन्ज ५ कार्तिक : नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् । यो कुरा उनले बिहीबार धादिङ पुगेर भनेका हुन् ।

सिंहले काँग्रेसको १४ औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने सङ्केत गर्दै पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नका लागि आफू नै योग्य भएको बताए । वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेको आरोप लगाउँदै उनले आफू सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्दै हिँडेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

अझै दुई जिल्लाको सदस्यता विवाद भएकाले सो समाधान गरेर अब तोकिएकै समयमा महाधिवेशन गर्नै पर्ने उनको माग छ । यसअघि महाधिवेशन तोकेपछि जस्तोसुकै कठिन अवस्थामा पनि सम्पन्न गर्ने गरेकाले अहिले तीनपटक महाधिवेशन तोकेर पनि सर्दै आएकामा चिन्ता व्यक्त गरेका थिए ।

पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने बताउँदै आफू देउवा र रामचन्द्रपछिको नेता भएकाले संस्थागतरूपमा पार्टी चलाउन आफूले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।