प्रधानमन्त्री देउवा नेपालगन्जमा, बाँकेको सुरक्षा ‘हाई अलर्ट’


प्रधानमन्त्री देउवा नेपालगन्जमा, बाँकेको सुरक्षा ‘हाई अलर्ट’

नेपालगन्ज ५ कार्तिक : बाढी, पहिरोले पु¥याएको क्षतिको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश गएका प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगन्ज आउने भएकाछन् । बाढी प्रभावित क्षेत्रको अवलोकन गरिरहेका प्रधानमन्त्री देउवा नेपालगन्जदेखि सोझै काठमाण्डौं जानका लागि नेपालगन्ज आउने भएका हुन् ।

यतिबेला बर्दियाको राजापुरमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका प्रधानमन्त्री देउवा सेनाको हेलिकप्टबाट नेपालगन्ज आउने कार्यतालिका रहेको एक उच्च सुरक्षाअधिकारीले सेतोखरीलाई जानकारी दिए ।

उनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा रहेका प्रधानमन्त्री आज नै काठमाण्डौं फिर्ता हुने तालिका छ । ती सुरक्षा अधिकारीले भने–‘बर्दियाको राजापुर क्षेत्रबाट सेनाको हेलिकप्टरमा सोझै नेपाली सेनाको श्री भैरव प्रसाद गण राँझामा अवतरण गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले त्यहाँ दिवा खाना खाएर विश्राम गरि आजै काठमाण्डौं फर्किनुहुनेछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगन्ज आउने भएपछि यतिबेला बाँकेको सुरक्षा ‘हाइ अलर्ट’मा राखिएकोछ । बाँके प्रहरीका अनुसार प्रधानमन्त्री देउवा नेपालगन्ज आउने भएपछि यतिबेला जिल्लामा सुरक्षा सर्तकता बढाइनुका साथै सुरक्षाकर्मीको संख्या पनि बढाइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जका विभिन्न चोक, सडकमा ट्राफिक प्रहरी, जनपद प्रहरी, सशस्त्र प्रहरी खटाइएको बाँके प्रहरीका एक अधिकृत प्रहरीले सेतोखरीलाई जानकारी दिए ।

सेतोखरीसंग कुरा गर्दै ती प्रहरी अधिकृतले भने–‘प्रधानमन्त्री ज्यू नेपालगन्ज आउने कुरा छ, हामीले सुरक्षा सतर्कता अपनाउदै सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बाँकेको सुरक्षा हाई अलर्टमा राखेका छौं ।’ उनले अगाडी थपे–‘सेनाको हेलिकप्टरबाट सोझै नेपाली सेनाको ब्यारेकमा जाने भएकाले थप कार्यतालिकाको बारेमा जानकारी छैन ।’

यसैबीच, प्रधानमन्त्री देउवा नेपालगन्ज आउने भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आज दिउँसो २ बजे राखेको पत्रकार भेटघाट तथा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम स्थिगित गरेकोछ ।