फेरि हिमपातसंगै वर्षा हुने


फेरि हिमपातसंगै वर्षा हुने

नेपालगन्ज ७ कार्तिक : जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । वाग्मती प्रदेश र प्रदेश १ का थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

केहीदिन अघिमात्रै भएको अविरल वर्षाका कारण देशभर अर्बको अन्नबाली क्षती भएको छ । भने सयौंले ज्यान गुमाएकाछन् । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिएपनि आज पनि देशका विभिन्न क्षेत्रमा पानी पर्ने बताएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यतिबेला वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले (बिहान) हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ ।