प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ : बार


प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ : बार

नेपालगन्ज ८ कार्तिक : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार आज बसेको पदाधिकारी बैठकमा सबैजसो पदाधिकारीले प्रधानन्यायाधीशले निकास दिनुपर्ने धारणा राखेको बताए ।

बार महासचिव लिलामणी पौडेलले पनि बारभित्र एकमत हुने प्रयास जारी रहेको र बहुमत पदाधिकारीको राय राणाले निकास दिनुपर्ने रहेको बताए ।

कानून व्यवसायीहरूको छाता संगठन बारले भोलि सल्लाहकार समितिको बैठक पनि बोलाएको छ । बारको सल्लाहकार समिति बैठकमा पूर्वअध्यक्ष, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारी संलग्न हुने छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बारले कुनै समस्याको बारेमा निर्णय गर्न परेमा सल्लाहकार समितिको बैठक बोलाउने परम्परा रहेको छ । मन्त्रिपरिषद्मा भागबण्डालगायतका विभिन्न आरोप लागेका प्रधानन्यायाधीशको अहिले चौतर्फी आलोचना भइरहेको छ ।