म राजनीनामा दिन्न : प्रधानन्यायाधीश जबरा

‘म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु’


म राजनीनामा दिन्न : प्रधानन्यायाधीश जबरा

नेपालगन्ज ९ कार्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले राजीनामा नदिने बताएका छन् । बिबिसी नेपाली सेवालाई दिएको एक अन्तर्वार्तामा प्रधानन्यायाधीश राणाले कसैको दबाबमा आएर आफूले राजीनामा नदिने अडान व्यक्त गरेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार आफू प्रधानन्यायाधीश बनेको भन्दै उनले ‘सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन् । विवादमा घेरिएर आलोचनाको केन्द्रमा आएका प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने तयारी भइरहेका बेला प्रधानन्यायाधीशको यस्तो अडान आएको हो ।

प्रधानन्यायाधीश राणाले संवैधानिक व्यवस्था अनुसार नियुक्त भएकाले आफू पदबाट बाहिरिने बाटो पनि संवैधानिक नै हुनु पर्ने बताएर महाअभियोगको सामना गर्न तयार रहेको संकेत समेत गरेका छन् ।
उनले भनेका छन्, ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो ।’

कसैको ‘दबाव र प्रभावमा’ पद त्याग नगर्ने उनले बताए । जबराले भने, ‘न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ ।’ त्यसको अर्थ के उनी महाभियोग सामना गर्न तयार छन् त ?

Kanti Aarogya Hospital Nepalgunj

‘यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु,’ उनले भने । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उनी विवादमा तानिएका थिए । तर, मन्त्री नियुक्त भएपछि जबराका नातेदार गजेन्द्र हमालले राजीनामा दिएका थिए ।