को हुन् प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा ?


को हुन् प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा ?

नेपालगन्ज ९ कार्तिक : ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि पौष २०७५ मा चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश बनेका थिए । उनको जन्म मंसिर २०१४ मा कालिकास्थानमा भएको सर्वोच्च अदालतको वेबसाइटमा प्रकाशित विवरणमा उल्लिखित छ ।

उनले नेपाल ल क्याम्पसबाट डिप्लोमा इन ल (डीएल) गरेका छन् । उनी वैशाख २०५३ मा जनकपुर पुनरावेदन अदातलमा अतिरिक्त न्यायाधीश बनेर न्यायसेवामा प्रवेश गरेका हुन् । त्यसअघि उनी अधिवक्ताका रूपमा काम गर्थे ।

Kanti Aarogya Hospital Nepalgunj

तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन तथा उनलाई काममा फर्काउन वैशाख २०७४ मा आदेश दिएपछि जबरा चर्चामा आएका थिए । जबराले झण्डै दुई दशकअघि विराटनगर पुनरावेदन अदालतमा न्यायाधीश हुँदा एउटा मुद्दामा तासको खेल ‘म्यारिज’ जुवा नभएको फैसला गरेका थिए । उनको उक्त फैसला पनि निकै चर्चित भएको थियो ।