सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्यायालय बच्दैन, म राजीनामा दिन्न : प्रधानन्यायाधीश जबरा


सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्यायालय बच्दैन, म राजीनामा दिन्न : प्रधानन्यायाधीश जबरा

नेपालगन्ज ९ कार्तिक : प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान ब्यक्त गरेकाछन् । मंगलबार आफूलाई भेट्न पुगेका सर्वोच्च अदालतकै १५ जना न्यायाधीशहरूलाई उनले राजीनामा नदिने जवाफ दिएका हुन् ।

प्रधानन्यायाधीश जबराले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको बताउँदै सडकबाट उठेका विषयमा राजीनामा नदिने तर्क राखे । सर्वोच्च अदालतकै १५ न्यायाधीशले राजीनामा गर्न सुझाएपछि राणाले यस्तो प्रस्ताव अघि सारेका हुन् । नभए आफूले मात्र राजीनामा नदिने उनको अडान छ ।

‘विवादमा अरु न्यायाधीशको पनि कुरा आएको छ । तपाईंहरूले गरेका फैसलामा पनि प्रश्न उठेका छन् । विवादमा आएका सबैले राजीनामा दिने हो भने म तयार छु’, राणाले भने ।

उनले सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्याायलय नबच्ने तर्क गरे । प्रतिनिधि सभा विघटनको फैसला गर्ने अरु न्यायाधीशको बारेमा पनि प्रश्न उठेको राणाले बताए । उनले भने, ‘म संवैधानिक प्रक्रियाबाट आएको हुँ । यत्तिकै राजीनामा दिने कुरा हुँदैन ।’

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रिपरिषद् भागबण्डा मागेको लगायतका विषयमा प्रधानन्यायाधीश राणालाई विवादमा तानिएको छ । राजीनामा गर्न उनलाई चौतर्फी दबाब छ । तर, प्रधानन्यायधीश राणाले कसैको ‘दबाव र प्रभावमा’ पद त्याग नगर्ने भन्दै भने–‘न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ ।’ ‘यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु,’ उनले भने ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई यस्तो जवाफ दिएपछि राजीनामा माग गर्न प्रधानन्यायाधीश जबरासमक्ष पुगेका अदालतकै १५ जना न्यायाधीश जवाफविहीन बनेका थिए । उक्त बैठकबाट फर्किएका एक न्यायाधीशले आफूहरुलाई सन्तोषजनक जवाफ प्रधानन्यायाधीशबाट नआएकोले अब महाअभियोगको तयारी गर्ने बताए ।