छठभन्दा अघि १३ जिल्लाको वडा अधिवेशन नहुने


छठभन्दा अघि १३ जिल्लाको वडा अधिवेशन नहुने

नेपालगन्ज ९ कार्तिक : नेपाली काँग्रेसले मंसिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष निकालेकोछ । १४ औं महाधिवेशनका सम्बन्धमा बसेको नेपाली काँग्रेसका पदाधिकारी र निर्वाचन समितिको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

संयुक्त छलफलमा मंसिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष निकाल्दै बैठक सकिएकोछ । छलफलमा सहभागी काँग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार अब छठ अघि १३ जिल्लाको वडा अधिवेशन सम्भव छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसले मंसिरमा गर्ने भनिएको महाधिवेशनको मिति सर्ने सम्भावना बढी देखिएको छ । काँग्रेस नेता रामचन्द्र पौडेलले पनि निर्वाचनको मिति र कार्यतालिका सार्नुपर्ने भए केन्द्रीय समितिको बैठक बोलाएर सार्नुपर्ने बताए ।

सोमबार मात्रै नेपालगन्जमा नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा काँग्रेस वरिष्ठ नेता पौडेलले जसरी पनि पूर्वनिर्धारित कार्यतालिकामै महाधिवेशन गर्नुपर्ने बताएका थिए । ‘महाधिवेशन पूर्व निर्धारित समयमै गरिनुपर्छ । यदि महाधिवेशनको कार्यतालिका परिर्वतन गरे शंकट आउनेछ’ काँग्रेस वरिष्ठ नेता पौडेलले भने ।