नेपालगन्ज ९ कार्तिक : न्यायालयभित्रको राजनीतिका कारण यतिबेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने माग जोडदाररुपमा उठेको छ ।
उनले बीचैमा राजीनामा दिए भने वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको प्रधानन्यायाधीश बन्ने बाटो खुल्नेछ भने राजीनामा नदिई पूरै कार्यकाल रहेमा दीपककुमार बीचैमा आउट हुनेछन् र हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न पाउने छन् ।
संविधानको धारा १२९ अनुसार प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुन्छ । चोलेन्द्र शमशेर जबरा २०७५ पुस १८ गते प्रधानन्यायाधीश बनेका हुन् । यो हिसाबले उनको कार्यकाल २०८१ पुस १७ सम्म हुनुपर्ने हो । तर, संविधानको धारा १३१ अनुसार प्रधानन्यायाधीशको ६ वर्षे कार्यकाल नसकिँदै उमेर हद ६५ वर्ष पूरा भएमा सोही दिनदेखि प्रधानन्यायाधीश पदमुक्त हुन्छन् ।
प्रधानन्यायाधीश जबराको जन्म काठमाडौंको कालिकास्थानमा विसं। २०१४ मंसिर २८ मा भएको हो । यो हिसाबले उनी अर्को वर्ष, अर्थात् २०७९ मंसिर १८ सम्म मात्रै प्रधानन्यायाधीशको कुर्सीमा रहन पाउँछन् ।
अहिले भइरहेको विरोध र आलोचनासँगै जबराले राजीनामा दिए वा अरु कुनै कारणले पदमुक्त भएमा उनको ठाउँमा बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की प्रधानन्यायाधीश बन्नेछन् । तर, कार्की उमेरले चोलेन्द्रभन्दा दुई महिना जेठा हुन् ।
२०१४ असोज १६ गते जन्मेका कार्की चोलेन्द्रको ठाउँमा प्रधानन्यायाधीश बनिहाले पनि उनी आगामी असोजसम्म मात्रै पदमा रहन पाउनेछन् । अर्थात्, चोलेन्द्र बीचैमा नहटी अर्को वर्षको मंसिरसम्मै प्रधानन्यायाधीश रहेमा कार्की प्रधानन्यायाधीश नबनी ०७९ असोजमै घर जानेछन् ।
चोलेन्द्रले ६५ वर्ष पुगुञ्जेल प्रधानन्यायाधीश खाँदा तेस्रो बरियतामा रहेकी २०१४ जेठ २ मा जन्मेकी न्यायाधीश मीरा खड्का पनि उमेर हदका कारण बीचैमा बिदा हुनेछिन् । त्यसपछि चोलेन्द्रको ठाउँमा प्रधानन्यायाधीश बन्ने पालो आउनेछ, न्यायाधीश हरिकृष्ण कार्कीको । ६५ वर्ष नपुगी चोलेन्द्र विदा भएमा आगामी असोजदेखि दीपककुमार कार्कीको ठाउँमा हरिकृष्ण कार्की सीधै प्रधानन्यायाधीश बन्नेछन् ।
चोलेन्द्रले ६५ वर्षे उमेर हद पूरा गर्न पाए भने ०७९ मंसिरदेखि जबराको ठाउँमा सोझै हरिकृष्ण प्रधानन्यायाधीश बन्नेछन् । दोस्रो र तेस्रो बरियताका दीपककुमार र मीरा यहीबीचमा न्यायाधीशबाट विदा हुनेछन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी