काँग्रेसले सार्यो महाधिवेशन, मंसिर २७ देखि पुस १ गतेसम्म हुने


काँग्रेसले सार्यो महाधिवेशन, मंसिर २७ देखि पुस १ गतेसम्म हुने

नेपालगन्ज १० कार्तिक : अन्ततः नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका फेरबदल गरेकोछ । यसअघि निर्धारण गरिएको मंसिर ९ देखि १३ गतेसम्मको महाधिवेशन कार्यतालिका फेरबदल गर्दै आगामी मंसिर २७ गतेदेखि पुसा १ गतेसम्म हुनेछ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । पुर्वनिर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्न निश्चित नभएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

बैठकले कार्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा क्षेत्र अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्नेगरी कार्यतालिका बनाएको छ । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ कार्यतालिमा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने उल्लेख छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीका अनुसार मंगलबार काँग्रेस पदाधिकारी बैठकले महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गर्न निर्वाचन समितिलाई जिम्मा दिएको थियो । सोही अनुसार समितिले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । निर्वाचन समितिले नयाँ तालिका प्रस्ताव गरेपनि काँग्रेस महाधिवेशन सार्न केन्द्रीय समितिको बैठक बस्नुपर्ने हुन्छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको नयाँ मिति अनुमोदन गर्न केही दिनमै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

काँग्रेसको प्रदेश २ का ८ र अन्य ५ गरी १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद पनि समाधान हुन बाँकी नै छ ।

यस्तो छ नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ कार्यतालिका :
कार्तिक २७ गते वडा र कार्तिक ३० गते पालिका अधिवेशन
(वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
मंसिर १० गते : जिल्ला अधिवेशन
मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
मंसिर २७ देखि पौष १ गतेः केन्द्रीय महाधिवेशन