नेपालगन्ज ११ कार्तिक : प्रतिनिधि सभाको बैठक कार्तिक २९ गते बस्ने गरि स्थगित गरिएकोछ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १८ दिनका लागि स्थगित भएको सुनाए ।
दशैंपछि पहिलोपटक बसेको बैठकमा नेकपा (एमाले) ले अवरोध गरिरह्यो । अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएको भन्दै एमालेले सदन निरन्तर अवरोध गरेयता सदन प्रभावकारीरूपमा चल्न सकेन ।
बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुख सापकोटाले वाचन गरेर सुनाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गरेको थियो ।
त्यसपछि सभामुख सापकोटाले अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्नेगरि १८ दिनका लागि प्रतिनिधी सभाको बैठक स्थगित गरेको जानकारी दिए ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति