विभिन्न पार्टी परित्याग गरी कोहलपुरका ५२ जना काँग्रेसमा प्रवेश


विभिन्न पार्टी परित्याग गरी कोहलपुरका ५२ जना काँग्रेसमा प्रवेश

कोहलपुर १४ कार्तिक : बाँकेको कोहलपुरमा विभिन्न पार्टी परित्याग गरेर ५२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस वडा कार्यसमिति कोहलपुर वडा नम्बर– २ का वडा सभापति झुमलाल सुनारको अध्यक्षतामा आइतबार बिहान आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हरी बिसी, टेकेन्द्र बिसी, युवा संघ बाँकेका नेता शेखर खत्री, बिबेक गुरुङसहित ५२ जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

सो कार्यक्रममा प्रमुख अतिथी एवम काँग्रेस बाँकेका उपसभापति फुलराम थारु र विशिस्ट अतिथी तथा बाँके क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति माधवराम खत्रीले प्रवेश गराएका हुन् ।

उक्त कार्यक्रममा महासमिति सदस्य तथा नेपाल किसान संघका जिल्ला अध्यक्ष भानुभक्त भट्टराई, जनजाती महासंघ बाँके जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिकाका उप–प्रमुख सन्जुकुमारी चौधरी, उधोग बाणिज्य संघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारी, कोहलपुर उधोग बाणिज्य संघका सदस्य तेजु अधिकारी, बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्य, ट्रेड युनियनका बाँके जिल्ला सभापति राम बहादुर मल्ल, बिमल आचार्य, लुम्बिनी प्रदेशका ट्रेड युनियन सह–सचिव सुमन पौडेल, काँग्रेस कोहलपुरका नगरका प्रवक्ता यज्ञबहादुर महराको उपस्थिति रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल तरुण दल कोहलपुर नगर कार्य समितिका सभापती हरी कठायत, नेपाल बसोबासका बस्ती संरक्षणका केन्द्रीय महासचिव रेशम गिरी, त्रिभुवन नमुना उच्च माध्यमिक बिद्यालय व्यवस्थापन समितिका सदस्य संगीता कुमारी बुढा, अपाङ्ग नवजीवन केन्द्र बाँकेका अध्यक्ष जंग डाँगी, काँग्रेस कोहलपुर नगरपालिका–२ का वडा उप–सभापती दल बहादुर कार्की लगायत पनि उपस्थित थिए ।