आन्दोलनका नाममा न्यायाधीशले ईजलास बहिस्कार गरे


आन्दोलनका नाममा न्यायाधीशले ईजलास बहिस्कार गरे

नेपालगन्ज १४ कार्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले आईतबार पनि ईजलास बहिस्कार गरेकाछन् । पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश राणाले आईतबारका लागि तोकेका ईजलासमा कुनै पनि मुद्दाको सुनुवाइ हुन नसकेको हो ।

प्रधानन्यायाधीश राणाले आईतबारका लागि संयुक्त र एकल गरी १२ वटा ईजलास तोकेका थिए । राणाले आफू बाहेकका न्यायाधीशका लागि ७ वटा संयुक्त तथा ३ वटा एकल ईजलास तोकेका थिए ।

राणाले आईतबारका लागि २ वटा पूर्ण इजलास समेत तोकेका थिए । एउटा पूर्ण ईजलासको उनको एकल थियो भने अर्को न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त छ । तर, आईतबार शुरुवाती अदालती समयमा कुनै पनि ईजालसमा मुद्दाको सुनुवाइ अगाडि बढेन ।

सर्वोच्चमा हाल रहेका २० जना न्यायाधीशमध्ये १७ जना न्यायाधीश राणाको राजीनामाको माग गर्दै ‘आन्दोलनमा’ छन् । आन्दोलनमा रहेका न्यायाधीशले १ हप्ता यता मुद्दाको सुनुवाइमा सहभागिता जनाएका छैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

अरु न्यायाधीशहरुले ईजलास बहिस्कार गरेपनि प्रधानन्यायाधीश राणाले भने आफ्नो ईजालसमा मुद्दा हेर्दै आएका थिए । तर, आईतबार राणा पनि ईजलासमा गएका छैनन् । आईतबार राणाले आफू र न्यायाधीश रेग्मीको संयुक्त (पूर्ण) इजलासमा ११ वटा मुद्दाको पेसी तोकेका छन् । यस्तै, आफ्नो एक ईजलासमा २ वटा मुद्दाको पेसी तोकेका छन् ।