यसवर्ष भाइटीकाको साइत ११ बजेर २ मिनेटमा


यसवर्ष भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

नेपालगन्ज १५ कार्तिक : नेपालीहरुको दोस्रो ठूलो चाड भाइटिका अर्थात तिहार हामीमाझ आइसकेकोछ ।

कोरोना कहरबीच यस वर्ष नेपालीहरुको दोस्रो ठूलो चाड भाइटिकाको साइत यही कार्तिक २० गते शनिबार विहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको शुभ साइत यही कार्तिक २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको बताए ।

भोली १६ गते मङ्गलबार धनतेरस, १७ गते काग तिहार र कुकुर तिहार, कार्तिक १८ गते लक्ष्मी पूजा, १९ गते गोर्वद्धन पूजा र कार्तिक २० गते भाइटिका अर्थात तिहार रहेकोछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।