तिहारमा पटाका पट्काउन नपाइने

बाँके प्रहरीद्वारा २ लाखको पटाका नष्ट


तिहारमा पटाका पट्काउन नपाइने

नेपालगन्ज १६ कार्तिक : चाडबाड विशेष सुरक्षा योजना अघि सारेको बाँके प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेकोछ । जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न दशैंअघि चाडबाड लक्षित विशेष सुरक्षा योजना अघि सारेको बाँके प्रहरीले निगरानी समेत बढाउदै लगेकोछ ।

सोही सुरक्षा योजना अन्र्तगत जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा पनि बाँके प्रहरीलाई सफलता मिल्दै गएकोछ । विशेष सुरक्षा योजनामा आफ्नो निगरानी बढाएको बाँके प्रहरीले तिहार लक्षित भारतबाट नेपाल भित्र्याउदै गरेको ठूलो मात्रामा पटाका बरामद गरेको हो ।

तिहारमा पटकाइने पटाका र आतिसबाजीले शान्ति सुरक्षामा खलल पुग्ने भन्दै बाँके प्रहरीले पछिल्लो समय पटाका लगायतका सामाग्रीमा आफ्नो निगरानी बढाएकोछ ।

प्रहरीले नेपाल–भारत सीमानाका जमुनाहाबाट अन्दाजी २ लाख रुपैयाँको पटाका बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार भारतको रुपैडिहाबाट विभिन्न समयमा लुकाईछिपाई नेपाल भित्रिएको पटाका प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा लिइएको उक्त पटाका स्थानीय प्रतिनिधी र पत्रकारको रोहबरमा नष्ट गरिएकोछ ।
तिहार नजिकिएसंगै बाँकेका विभिन्न नाका हुदैँ भारतबाट पटाका सहितका अन्या समाग्री तस्करी गर्ने क्रम पनि बढेको छ ।

कोरोना भाइरस संक्रमणकाबीच आएको चाडबाड स्वास्थ्य सुरक्षा अपनाउदैँ सुरक्षितरुपमा मनाउन बाँके प्रहरीले आग्रह समेत गरेकोछ ।