बाँके प्रहरीद्वारा २ लाखको पटाका नष्ट
नेपालगन्ज १६ कार्तिक : चाडबाड विशेष सुरक्षा योजना अघि सारेको बाँके प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेकोछ । जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न दशैंअघि चाडबाड लक्षित विशेष सुरक्षा योजना अघि सारेको बाँके प्रहरीले निगरानी समेत बढाउदै लगेकोछ ।
सोही सुरक्षा योजना अन्र्तगत जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा पनि बाँके प्रहरीलाई सफलता मिल्दै गएकोछ । विशेष सुरक्षा योजनामा आफ्नो निगरानी बढाएको बाँके प्रहरीले तिहार लक्षित भारतबाट नेपाल भित्र्याउदै गरेको ठूलो मात्रामा पटाका बरामद गरेको हो ।
तिहारमा पटकाइने पटाका र आतिसबाजीले शान्ति सुरक्षामा खलल पुग्ने भन्दै बाँके प्रहरीले पछिल्लो समय पटाका लगायतका सामाग्रीमा आफ्नो निगरानी बढाएकोछ ।
प्रहरीले नेपाल–भारत सीमानाका जमुनाहाबाट अन्दाजी २ लाख रुपैयाँको पटाका बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार भारतको रुपैडिहाबाट विभिन्न समयमा लुकाईछिपाई नेपाल भित्रिएको पटाका प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा लिइएको उक्त पटाका स्थानीय प्रतिनिधी र पत्रकारको रोहबरमा नष्ट गरिएकोछ ।
तिहार नजिकिएसंगै बाँकेका विभिन्न नाका हुदैँ भारतबाट पटाका सहितका अन्या समाग्री तस्करी गर्ने क्रम पनि बढेको छ ।
कोरोना भाइरस संक्रमणकाबीच आएको चाडबाड स्वास्थ्य सुरक्षा अपनाउदैँ सुरक्षितरुपमा मनाउन बाँके प्रहरीले आग्रह समेत गरेकोछ ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?