‘नेकपा एस अबैध पार्टी हो, महाधिवेशनमा बोलाइदैन’


‘नेकपा एस अबैध पार्टी हो, महाधिवेशनमा बोलाइदैन’

नेपालगन्ज १७ कार्तिक : नेकपा एमालेले महाधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीबाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने भएको छ ।

तर, माधवकुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टीलाई भने उसले नबोलाउने बताएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘त्यो अवैध पार्टी हो,’ एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।’

एमालेको उद्घाटनपछि सीधै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । उनले दिएको जानकारीअनुसार उ्घाटनलगत्तै नेतृत्व चयन प्रक्रियामा प्रवेश हुनेछ ।