नेपालगन्ज १७ कार्तिक : बाँकेमा राती ८ बजेपछि देउसीभैलो खेल्न निषेध गरिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले अनुसार बाँकेमा रातको ८ बजेपछि देउसीभैलो खेल्न निषेध गरिएको बताए ।
सेतोखरीसंग कुरा गर्दै डिएसपी न्यौपानेले भने–‘जिल्ला सुरक्षा समितिको बैठकले बाँकेमा रातीको ८ बजेसम्म देउसीभैलो खेल्न पाउने ब्यवस्था गरेको जानकारी पाएकोछु ।’
देउसीभैलो खेल्न रोक लगाउनु भनेको साँस्कृतिक पर्व र परम्परामा हस्तक्षेप गरिएको होइन र ?’ सेतोखरीको जिज्ञासामा बाँके प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले भने–‘यो हस्तक्षेप होइन । शान्ति सुरक्षा प्रदान गर्न चालिएको सर्तकता हो । सम्भावित अपराध तथा दुर्घटना रोक्न समय तोकिएको हो । ८ बजे भनेपनि सबै बन्द गराउँदासम्म ८–९ बजिहाल्छ ।’
उनले भने, ‘रातभर देउसी भैलो खेल्दा सार्वजनिक शान्ति भंग हुने खतरा हुन्छ । गम्भीर प्रकृतिका घटना हुन सक्ने हुनाले शान्ति सुरक्षा कायम गर्न यस्तो रोक लगाइएको हो ।’
देउसीभैलो संस्कारसँग जोडिएको विषय भएकाले संस्कारविरुद्ध नै प्रहरीले कदम चाल्यो नी ? सेतोखरीले राखेको अर्को जिज्ञासामा डिएसपी न्यौपानेले भने–‘संस्कार विरुद्ध यो कदम चालिएको होइन । कोरोना संक्रमणको जोखिम र सर्वसाधरणलाई शान्तिसुरक्षा प्रदान गर्नका लागि हो ।’
कोभिड–१९ को संक्रमण र सुरक्षाको कारण देखाएर देउसीभैलोमा समय तोकेको छ । तर, भीडभाडबीच आयोजना हुने राजनीतिक दलका कार्यक्रममा भने प्रहरी र प्रशासनले आँखा चिम्लँदै आएको जिल्ला बासीको गुनासो छ ।
यता गृह मन्त्रालयले देउसीभैलो खेल्नका लागि तराईका जिल्लामा राति १० बजे र पहाडी जिल्लामा ८–९ बजेपछि निषेध गरेकोछ । तर, बाँकेमा भने गृहले निर्देशन गरेको भन्दा फरक नियम बनाएर देउसीभैलो खेल्नमा रोक लगाइदैछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही