बाँकेमा ८ बजेपछि देउसीभैलो खेल्न रोक


बाँकेमा ८ बजेपछि देउसीभैलो खेल्न रोक

नेपालगन्ज १७ कार्तिक : बाँकेमा राती ८ बजेपछि देउसीभैलो खेल्न निषेध गरिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले अनुसार बाँकेमा रातको ८ बजेपछि देउसीभैलो खेल्न निषेध गरिएको बताए ।

सेतोखरीसंग कुरा गर्दै डिएसपी न्यौपानेले भने–‘जिल्ला सुरक्षा समितिको बैठकले बाँकेमा रातीको ८ बजेसम्म देउसीभैलो खेल्न पाउने ब्यवस्था गरेको जानकारी पाएकोछु ।’

देउसीभैलो खेल्न रोक लगाउनु भनेको साँस्कृतिक पर्व र परम्परामा हस्तक्षेप गरिएको होइन र ?’ सेतोखरीको जिज्ञासामा बाँके प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले भने–‘यो हस्तक्षेप होइन । शान्ति सुरक्षा प्रदान गर्न चालिएको सर्तकता हो । सम्भावित अपराध तथा दुर्घटना रोक्न समय तोकिएको हो । ८ बजे भनेपनि सबै बन्द गराउँदासम्म ८–९ बजिहाल्छ ।’

उनले भने, ‘रातभर देउसी भैलो खेल्दा सार्वजनिक शान्ति भंग हुने खतरा हुन्छ । गम्भीर प्रकृतिका घटना हुन सक्ने हुनाले शान्ति सुरक्षा कायम गर्न यस्तो रोक लगाइएको हो ।’

Kanti Aarogya Hospital Nepalgunj

देउसीभैलो संस्कारसँग जोडिएको विषय भएकाले संस्कारविरुद्ध नै प्रहरीले कदम चाल्यो नी ? सेतोखरीले राखेको अर्को जिज्ञासामा डिएसपी न्यौपानेले भने–‘संस्कार विरुद्ध यो कदम चालिएको होइन । कोरोना संक्रमणको जोखिम र सर्वसाधरणलाई शान्तिसुरक्षा प्रदान गर्नका लागि हो ।’

कोभिड–१९ को संक्रमण र सुरक्षाको कारण देखाएर देउसीभैलोमा समय तोकेको छ । तर, भीडभाडबीच आयोजना हुने राजनीतिक दलका कार्यक्रममा भने प्रहरी र प्रशासनले आँखा चिम्लँदै आएको जिल्ला बासीको गुनासो छ ।

यता गृह मन्त्रालयले देउसीभैलो खेल्नका लागि तराईका जिल्लामा राति १० बजे र पहाडी जिल्लामा ८–९ बजेपछि निषेध गरेकोछ । तर, बाँकेमा भने गृहले निर्देशन गरेको भन्दा फरक नियम बनाएर देउसीभैलो खेल्नमा रोक लगाइदैछ ।