नेपालगन्ज १८ कार्तिक : भैलिनी खेल्नेहरु आउँछन् र भाका हाल्न थाल्छन्,
‘हरियो गोबरले लिपेको, लक्ष्मीपूजा पूजा पूजेको ।’
देउसी खेल्नेहरु आउँछन् र भट्याउन थाल्छन्, ‘आहै झिलीमिली झिलिमिली, आहै बत्तीको झिलिमिली ।’
यसबाटै के संकेत मिल्छ भने तिहारमा घर–आँगन सफा गर्ने, सजाउने, दियो–बत्ती बाल्ने, लक्ष्मी पूज्ने । धार्मिक मान्यता छ, औंसीको यो रातमा घरलाई सफासुग्गघर बनाइयो भने, फूलहरुले सजाइयो भने, दियो–बत्तीले भिलिमिली बनाइयो भने लक्ष्मीले बास गर्न आउँछिन् ।
खासमा तिहार भनेकै लक्ष्मी माताको उपसना गर्ने पर्व हो । लक्ष्मीलाई धन अर्था ऐश्वर्यको प्रतिक मानिन्छ । तिहारको दिन घरलाई जति सफा, उज्यालो र आकर्षक बनाउन सकिन्छ, उत्तिनै धन–ऐश्वर्य आर्जन हुन्छ ।
यही धार्मिक मान्यतालाई अनुशरण गर्दै सबैले आफ्नो घरलाई सजाउँछन् । रंग रोगन गर्छन् । फूलमाला लगाइदिन्छन् । दियो बत्ती बाल्छन् । र, तिहारको रातमा घरलाई धपक्कै बालिदिन्छन् ।
त्यसो त घर भनेको हाम्रो जीवनभरको आश्रयस्थल हो, जहाँ हामीले धेरैजसो समय गुजार्छौं । घर केवल भौतिक संरचना मात्र होइन, हाम्रो भावना पनि हो । किनभने हाम्रो जीवनको सम्पूर्ण क्षण त्यही घरमा गुज्रिएको हुन्छ । घरसँगको यही भावनात्मक प्रेमलाई अरु प्रकट गर्ने अवसर हो, तिहार ।
तिहारको बेला अधिकांशले खुलेर घरको साजसज्जामा खर्च गर्छन् । घरलाई सफा बनाउने मात्र होइन, नयाँ रुप पनि दिने गरिन्छ ।
तिहारमा कसरी घरलाई आकर्षक बनाउने त ?
तिहारको महत्वपूर्ण भनेको लक्ष्मीको पूजास्थल हो । यसलाई परम्परागत शैलीमा सजाउन सकिन्छ । केराको थाम राखेर, सायपत्री फूलको मालाले सजाएर, दियोबत्ती राखेर पूजास्थल बनाउन सकिन्छ ।
तिहारमा घरको झ्याल, ढोका, बार्दली आदिमा फूलको मालाले सजाउने चलन छ । यसका लागि सायपत्री फूल सर्वोत्तम हो । मखमली र सायपत्री दुबै तिहारका खास फूल हुन् । यही दुई किसिमको फूलको मालाबाट पनि घर सजाउन सकिन्छ ।
यसैगरी कलस भरेर मूल ढोकाको दुईतर्फ राख्न सकिन्छ । यसले पनि घरलाई बेग्लै शोभा दिन्छ । घरलाई सजाउनका लागि सर्वप्रथम आँगनमा रंगोली बनाउन सकिन्छ । घरको मूल ढोकाको सम्मुखमा रंगोली बनाउनुपर्छ ।
रंगोलीलाई विभिन्न आकृतिमा सजाउन सकिन्छ । पिठो, चामल वा फूलहरुले रंगोली बनाउन सकिन्छ ।
रंगोलीका लागि उपलब्ध ठाउँ हेरेर कुन आकारको, कस्तो प्रकारको बनाउने भन्ने निक्र्यौल गर्न सकिन्छ ।
घरको सम्मुखमा सबैतिर, झ्याल वा ढोका अघिल्तिर दियो–पाला राख्नुपर्छ । काठको घरमा भने दियो पाला राख्दा सर्तक हुन जरुरी छ । यसले दुर्घटना पनि निम्त्याउन सक्छ । यद्यपि अहिले कृतिम दियो पनि उपलब्ध छ ।
काठको घरमा वा असुरक्षित ठाउँहरुमा कृतिम दियो अर्थात विद्युतीय दियो बाल्न सकिन्छ । तर, घर सुरक्षित भएको अवस्थामा र त्यस्तो खतरा हुने संभावना नभएको अवस्थामा दियो पाला नै राख्नु उचित हुन्छ । मैनबत्ती पनि यसको राम्रो विकल्प हो । अहिले बजारमा थरीथरी डिजाइनको मैनबत्ती उपलब्ध हुन्छ । घरलाई अरु आकर्षक बनाउनका लागि मूलढोका र आसपासमा तोरण पनि लगाउन सकिन्छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी