नेपालगन्ज २२ कार्तिकः राष्ट्रिय जनगणनाका लागि बाँकेमा ६ सयबढी गणक खटाइदैछ । आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनाका लागि बाँकेमा ६ सय १७ गणक खटाइने भएकोछ । यसका लागि बाँकेका सबै गणकलाई जनगणनामा भरिने फारम सम्बन्धि तालिम समेत प्रदान गरिएकोछ ।
जिल्लाका ८ वटै पालिकामा १५ दिन लगाएर उनीहरुले जनगणना गर्ने तथ्याङ्क कार्यालय बाँकेका प्रमुख बेदप्रसाद ढकालले जानकारी दिए । मंसिर ९ गतेलाई भने सरकारले जनगणनाको मुख्य दिनका रूपमा लिएको छ । संघीयतापछि पहिलो पटक गर्न लागिएको जनगणनालाई पूर्ण बनाउने प्रयास थालिएको छ ।
आमनागरिकको सामाजिक, आर्थिक र सांस्कृतिक विविधताको चित्रण गर्नको लागि प्राय सबै पक्षका प्रश्न समेटिएको तथ्याङ्क कार्यालय बाँकेका प्रमुख ढकालले बताए । यसपटक विभिन्न प्रकृतिका ५५ वटा प्रश्नहरु जनगणना फारममा राखिएको छ । प्रत्येक दश–दश वर्षमा गरिने जनगणना यसअघि २०६८ सालमा गरिएको थियो । यसअघि जेठ २५ देखि असार ८ गतेसम्म जनगणना गरिने तयारी गरिएको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही